कुलबहादुर छन्त्याल, बागलुङ बजार ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नं. ४ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेको प्रमुख आतिथ्यमा २०७९ माघ ८ गते लुकुरबनको चेनेखोलामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै अहिलेको सरकार साम्राज्यवादी डिजाइनमा बनेको दाबी गर्नुभयो । त्यसका कारणले राष्ट्र र राष्ट्रियतामाथि झनै खतरा बढेर गएको उहाँको भनाइ थियो ।
‘यो कठपुतलीको सरकार हो । सत्ताबिना विभिन्न दलका पार्टीहरू एकछिन पनि रहन नसक्ने भएका छन् ।सत्तामा गएपछि पद र पैसा दोहनको साथै आफ्ना कार्यकर्तासमेतलाई राज्यको पैसाले सम्बोधन गर्ने उद्देश्यले सरकारमा जान मरिहत्ते गर्छन्’ उहाँको भनाइ थियो ।
सम्बोधनको क्रममा उहाँले सङ्घीयताको कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको पनि बताउनुभयो ।
राजमो जिल्ला सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दीपक थापाले फागुन १९ देखि २१ गतेसम्म हुने जिल्ला सम्मेलनलाई सफल पार्न जिल्लाभरिका पालिका तथा वडा भेला वा सम्मेलन हुने जानकारी गराउनुभयो ।
रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य विमल पाण्डेले रक्तिमको जिल्ला सम्मेलन फागुन ७ र ८ गते बुर्तिबाङ बजारमा हुने जानकारी दिनुभयो ।
युरोप नेपाली एकता समाज सदस्य अमर छन्त्यालले शुभकामना मन्तव्य राख्दै बिदेसिएका नेपालीमा देशप्रेम गहिरो रहेको बताउनुभयो ।
सम्मेलनमा अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य पवित्राकुमारी छन्त्याल र अखिल (छैठौं) का जिल्ला सचिव विवश छन्त्यालको समेत उपस्थिति रहेको थियोे ।
सम्मेलनमा कोरोना माहामारीका समयमा स्वास्थ्य तथा राहत सामग्री पठाउनुभएबापत् अमर छन्त्याल र देववीर विकलाइ फूलमालाले सम्मान गरिएको थियोे ।

सम्मेलनले १३ पूर्ण र तीन सल्लाहकार सदस्य रहनुभएको वडा समिति चयन गरेको छ ।
समितिमा अध्यक्ष खड्कबहादुर कुँवर, उपाध्यक्षमा रामबहादुर अर्गेजा, कोषाध्यक्षमा इन्द्रमान छन्त्याल, सचिवमा कुलबहादुर छन्त्याल र सहसचिवमा जीवन बुढाथोकी रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा गौरिप्रसाद अर्गेजा, रनकुमारी छन्त्याल, लालबहादुर विक, दीपक छन्त्याल, सन्जिला कुँवर, तुलेन्द्र छन्त्याल, अनिता घर्ती र देववीर विक रहनुभएको छ ।
सल्लाहकारमा शक्तमान बुढाथोकी, अमर छन्त्याल र वीरबहादुर छन्त्याल रहनुभएको छ ।
खड्कबहादुर कुँवरको अध्यक्षता, इन्द्रमान छन्त्यालको स्वागत मन्तव्य र कुलबहादुर छन्त्यालको सञ्चालनमा सो सम्मेलन सम्पन्न भएको थियोे ।






