• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘यस्तो नियति कसैले भोग्न नपरोस्’


  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
  • सीता भट्टराई,काठमाडौं ।
    इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आउनुभएकी उहाँ एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आउनुभएको हो । उहाँ ५० वर्षदेखि काठमाडौँको विभिन्न स्थानमा बदाम व्यापार गर्दै आफ्नो जीविकोपार्जन भएको बताउनुहुन्छ ।

    Advertisement

    तीन वर्षको उमेरदेखि नै राजधानी आउनुभएकी उहाँ हाल भक्तपुरको बाल्कोटमा बस्दै आउनुभएको छ । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी रही आएकामा उहाँ ११ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभएकोे थियो । वैवाहिक बन्धनमा बाँधिएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि यस्तै व्यापार गर्दै आएको उहाँले बताउनुहुन्छ । एक छोरा, एक छोरीको आमा हुनुभएको उहाँले २९ वर्ष अगाडि श्रीमान् गुमाउनुपरेको थियो ।

    उहाँले भन्नुभयो, ‘बदाम एकैचोटि भण्डारण गर्न गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु । दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर आफूले ल्याउने र त्यही बेचेर आफ्नो एक्लो जीविकोपार्जन चलाएकी छु ।’

    टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आउनुभएकी उहाँले अहिलेसम्म यही व्यापारबाट नै जीविका चल्दै आएको बताउनुहुन्छ । बदाम जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा जाने र अरू याममा भने सानोतिनो चाउचाउ, बिस्कुट लगायतका सामान व्यापार गर्दै आउनुभएको छ । कुनै दिन धेरै त कुनै दिन थोरै आम्दानी रहने भए पनि समग्रमा प्रायः दैनिक पाँच सय वरिपरि आम्दानी गर्दै आउनुभएको छ ।

    बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको टिकट व्यवस्थापछि बाहिर व्यापार गर्दै आएको बताउँदै महानगरपालिकाको डरैडरमा व्यापार गरेको जनाउँदै कोही कोही महानगरपालिकाका कर्मचारीले मेरो सङ्घर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको घटना सुनाउनुभयो ।

    छोराको साथ नपाउनुभएकी उहाँले आफ्नै छोराछोरी हुदाँहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो पोख्नुभयो । उहाँ जिन्दगीमा धेरै सङ्घर्ष गरेको र आफ्नो दुःख आफैँका लागि हुनाले सबैजना आफ्नो लागि मेहनत गरेर आत्मनिर्भर हुनुपर्ने बताउनुहुन्छ ।

    त्यस्तै टुँडिखेलको बाहिर बदाम व्यापार गर्दै आउनुभएकी रसुवा स्थायी ठेगाना भई हाल नरदेवी बस्दै आउनुभएकी सुनिता कार्कीको पनि जीवन कथा र व्यथा उहाँसग मिल्दोजुल्दो छ । श्रीमान् गुमाएपछि १२ वर्षसम्म बदाम र अन्य सामानको सानो व्यापार गरेर मासिक १२ हजार आम्दानी गर्दै आउनुभएको छ । सानै उमेरमा छिमेकीले काठमाडौँ ल्याएका र यही आफ्नो जीवनयापन बित्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘श्रीमान्को साथ गुमाएपछि जीविकोपार्जन गर्नका लागि बदाम व्यापार रोजेँ । आफ्नो व्यापार गर्नुको पीडा आफैँसँग छ, पहिलेको समयमा व्यापार गर्न सजिलो थियो अहिले महानगरले सानो व्यापार पनि गर्न दिँदैन । खान त एक छाक खाने हो, कोठाभाडा तिर्नका लागि नै यो कष्ट गरेको बताउनुहुन्छ ।’

    टुँडिखेलभित्र सफासुग्घर गर्दै २४ वर्षसम्म बदामलगायत अन्य सामानको व्यापार गर्दै आउनुभएकी काभे्रपञ्लानचोक घर भई हाल लगनचोकमा बसोबास गर्दै आउनुभएको रमिता तिमिल्सिना (नाम परिवर्तन) आफ्नो दिदीले गाउँमा गरेको व्यापार देखेर आफ्नो विवाहपश्चात काठमाडौँ आएर यो व्यापार सुरु गरेको बताउनुहुन्छ । साथमा दुई छोरा र श्रीमान् भएकामा श्रीमान् पनि काठमाडौँमा सानोतिनो जागिर गर्दै आउनुभएको छ ।

    जेठा छोरा स्नातकमा र कान्छा छोरा ११ मा अध्ययनरत रहेको रमिताले बताउनुहुन्छ । छोराहरुको पढाइ खर्च, कोठा भाडालगायत आफ्नो जीविकोपार्जन यही व्यवसायबाट औसतमा चल्ने उहाँ भनाइ छ ।

    जाडोयाममा घाम ताप्न खुल्ला ठाउँ उपयुक्त हुनाले मानिसको सङ्ख्या बढी हुने गरेको बदाम व्यापार बढी हुने र आम्दानी पनि सोहीअनुसार हुनाले बचत गर्न सकिने बताउँदै अरू याममा भने काँक्रोको व्यापार गर्ने उहाँले बताउनुभयो ।

    आफूमात्र होइन आफ्नै छिमेकीमा रहेका अशक्त एक व्यक्तिलाई पनि टुँडिखेलभित्र व्यापार गर्न सिकाउनुभएको छ । गेटको नजिकै निश्चित स्थानमा बस्दै आउनुभएको उहाँले बिक्रीका लागि लिएर आएको पानी, बदामलगायत टुँडिखेलभित्र टाढाटाढासम्म पु¥याउन पठाउने र आएको आम्दानी बाडँफाँट गर्ने गरेको बताउनुहुन्छ । उक्त व्यक्ति अशक्त रहेकाले औषधी उपचारका लागि केही सहयोग जुटोस् भन्ने हेतुले व्यापारमा सहजीकरणका साथै व्यक्तिगत जीवनका लागि सहयोगसमेत गर्दै आउनुभएको छ ।

    बदाम व्यापार टुँडिखेल क्षेत्रमा मात्रै होइन, गाउँघरदेखि बजारका चोकचोकसम्म उत्तिकै व्यापार हुँदै आएको छ । व्यापार गर्न सहज हुनाले र चिसोयाममा बदामको माग धेरैै हुनाले धेरै व्यापारीहरु बदाम व्यापारमा आकर्षित भएका छन् ।रासस

    बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.