• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कस्तो छ सातै प्रदेशबाट राजमो समानुपातिक उम्मेदवारले पाएको प्रतिक्रिया ?


  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारमा देशैभरिबाट उम्मेदवार उठाएको छ । त्यसका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशबाट प्रदेशसभाका लागि पनि समानुपातिक उम्मेदवार उठाएको छ । यतिखेर ती सबै उम्मेदवारहरू चुनाव प्रचार प्रसार अभियानमा हुनुहुन्छ ।

    Advertisement

    हामीले प्रतिनिधिमूलक ढङ्गले सातओटै प्रदेशमा कम्तीमा एक जना समानुपातिक उम्मेदवारसित त्यस क्षेत्रका जनतामा राजमोप्रतिको धारणा कस्तो छ भनी सोधेका थियौँ । उहाँहरूले कस्तो प्रतिक्रिया दिनुभयोे ? हामीले उहाँहरूका धारणालाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ । यस्तो छ, सातै प्रदेशका राजमो समानुपातिक उम्मेदवारले जनताबाट पाएको प्रतिक्रिया :

    चित्रबहादुरको पार्टी नै सही हो भन्छन्
    हरिलाल अधिकारी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार (१ नं. प्रदेश)
    म १ नं. प्रदेशमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार गर्दै हिँडिरहेको छु । खासगरी म माइकिङ, पर्चा वितरण, भेटघाट, कुराकानी गर्दै हिँडिरहेको छु । खासगरी मेरो जिल्ला सुनसरीमा म बढी पुगेको छ । त्यसैगरी मोरङलगायत १ नं. प्रदेशका विभिन्न जिल्लामा पनि पुगेको छु ।
    चुनाव प्रचारको क्रममा जनताले राष्ट्रिय जनमोर्चा र चित्रबहादुर केसीप्रति बढी सद्भाव व्यक्त गरिरहेका छन् । उनीहरूले भन्छन्– चित्रबहादुर केसी अध्यक्ष रहनुभएको राष्ट्रिय जनमोर्चा नै सही राजनीतिक पार्टी हो । यही पार्टीलाई भोट दिनुपर्दछ ।’

    त्यसका साथै जनताले चित्रबहादुर केसीलाई नबिग्रन आग्रह गर्छन् । अरू पार्टीको सङ्गतमा परेर चित्रबहादुर केसी पनि बिग्रिने हो कि भन्ने उनीहरूको आशङ्का छ । हामीले यसबारेमा प्रष्ट पार्ने प्रयास गरिरहेका छौँ । त्यस क्रममा हामीले भनिरहेका छौँ : हामी देश र जनताको पक्षमा सम्झौताहीन सङ्घर्ष गर्ने छौँ, सबैका गलत नीति तथा कार्यक्रमको विरोध गर्ने छौँ ।

    जनताको प्रतिक्रिया हेर्दा १ नं. प्रदेशमा पहिलेभन्दा हाम्रो भोट बढ्ने निश्चित छ । हाम्रो भोट धेरै नै बढ्न सक्थ्यो तर हामी नै मौन अवधिभन्दा अघि जनताको माझमा पुग्न सकिरहेका छैनौँ । फेरि पनि सीमित साधनस्रोतको तुलनमा हाम्रो भोट पक्कै पनि बढ्ने छ ।

    मधेसका जनता सङ्घीयताको विरुद्धमा छन्
    हरिकिशोर महतो, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार (मधेस प्रदेश)
    मधेस प्रदेशका सबै जिल्लामा हाम्रो प्रचार प्रसार चलिरहेको छ । हामीले विभिन्न जिल्लामा टिम बनाएर हिँडिरहेका छौँ । जनतासँग समानुपातिकतर्फ भोट मागिरहेका छौँ । आफ्नो पार्टीको एजेन्डा बताउने र जनताको गुनासो सुन्ने काम गरिरहका छौँ ।

    मधेसी जनताका धेरै समस्या छन् । विकास निर्माणको समस्या छ । स्वास्थ्य, शिक्षाको समस्या छ । खेती गर्ने बेलामा मल, बिउ नपाएको गुनासो छ । अहिलेसम्म जितेर गएकाहरूले जनताको पक्षमा आवाज नउठाएको गुनासो जनताले गरेका छन् ।

    यहाँका जनतामा सङ्घीयताका कारण भ्रष्टाचार बढ्यो भन्ने छ । सङ्घीयताले मह·ी र भ्रष्टाचार बढेको कुरा हामीले भन्नुपर्दैन, जनता आफैँ भनिरहेका छन् ।

    चुनाव प्रचारको क्रममा हाम्रो पार्टीप्रति मधेसमा निकै राम्रो सद्भाव पाएका छौँ । गत निर्वाचनभन्दा यसपटक हाम्रो मत धेरै आउँछ । गएको स्थानीय चुनावमा भन्दा अहिले निकै धेरै मत आउने आँकलन गरेका छौँ ।

    काठमाडौँका जनताले बोलाएको ठाउँमा पुग्नै सकेका छैनौँ
    ऋतु केसी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार (बागमती प्रदेश)
    काठमाठौं उपत्यकामा चुनाव प्रचारका क्रममा हामीले पाएको के हो भने अहिलेसम्म जति घरमा गएका छौँ, जति मतदातालाई भेटेका छौँ, राजमोले उठाएका एजेन्डा ठिक छैन भन्ने पाएका छैनौँ ।

    समानुपातिक अभियानअन्तर्गत बागमती प्रदेशका सबैजसो जिल्लामा प्रचार प्रसार चलिरहेको छ । हाम्रो टिम काठमाडौँ उपत्यकामा केन्द्रित छ । हामी घरघरै गएर मतदातालाई भेट्ने र पार्टीको एजेन्डाबारे स्पष्ट पार्ने काम गरिरहेका छौँ । कतिपय ठाउँमा मतदाताले भेट्न बोलाएकै ठाउँमा समेत पुग्न भ्याएका छैनौँ ।

    राजधानीमा ठुलो जनघनत्व छ । हामी धेरै ठाउँमा पुग्नै सकेका छैनौँ । जहाँ जहाँ पुगेका छौँ, जनताबाट सङ्घीयता विरुद्ध पार्टीले लिएको अडान सही छ भन्ने प्रतिक्रिया पाएका छौँ । एमसिसी पास गर्दा त्यस विरुद्ध पार्टीले खेलेको भूमिकाबारे जनता जानकार नै छन् । नागरिकता विधेयकले देशमा पार्ने प्रभावबारे पनि जनताले नै हामीलाई बताइरहेका छन् ।

    तपाईंहरूले लिएका एजेन्डा ठिक छन् । तपाईंहरू अझै लाग्नुस् भनेर मतदाताले हामीलाई भनिरहनुभएको छ ।

    गएको स्थानीय चुनावमा चन्द्रागिरी नगरपालिकाबाट हामीलाई राम्रो भोट मिलेको थियो । त्यसले काठमाडौँका जनतामा राजमोप्रतिको आकर्षणलाई देखाउँछ तर हाम्रो क्षमता र स·ठनको कमजोर संरचनाका कारण जति पुग्नुपर्ने हो, पुग्न सकिरहेका छैनौँ ।

    फरक पार्टीका कार्यकर्तालेसमेत बोलाइरहनुभएको छ
    पियारी थापा, प्रदेशसभा समानुपातिक उम्मेदवार (गण्डकी प्रदेश)
    गण्डकी प्रदेशमा हाम्रो अवस्था विगतको भन्दा सुदृढ भएको छ । विगतको चुनाव (२०७४) मा प्रदेशसभामा समानुपातिकतर्फ हामीले एक जना उम्मेदवारलाई जिताउन सफल भएका थियौँ तर अहिले विगतको प्रतिनिधि सभा र प्रदेशसभातर्फ दुवैतिर हाम्रो भोट बढ्छ ।

    अहिले प्रदेशसभातर्फ गण्डकीमा हाम्रो प्रत्यक्षमा उम्मेदवार छैनन् तर प्रतिनिधि सभामा बागलुङ १ बाट चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ । गण्डकी प्रदेशसभामा प्रत्यक्षका उम्मेदवार नभए पनि समानुपातिकतर्फ प्रचार प्रसार गरिरहेका छौँ ।

    म केन्द्रित भएको बागलुङ जिल्लामा जनताबाट राम्रो ‘रेस्पोन्स’ पाइरहेका छौँ । हामी आफू पुग्न नसकेका कतिपय ठाउँमा त्यहाँका जनता र मतदाताले आफैँ बोलाइरहनुभएको छ । पार्टी फरक भए पनि उहाँहरूले बोलाएर छलफल गर्ने र समानुपातिकमा हामीलाई भोट दिने सल्लाह गर्नुभएको छ ।

    जनतामा तत्काल प्रभाव पार्ने विषय भनेको विकास निर्माणले रहेछ । अघिल्लो कार्यकाल म सांसद भएर निर्वाचन क्षेत्र पूर्वाधार विकासको रकमबाट कतिपय काम गरेका छौँ । सांसदको हैसियतले पहल गरेर विकास निर्माणमा बजेट छुट्याउन लगाएका छौँ । त्यसरी प्राप्त भएको बजेटलाई हिनामिना हुन नदिइकन सदुपयोग गरिएको छ । जनतालाई तत्काल र नभई नहुने आवश्यकतामा सानै भए पनि लगानी गरेका छौँ । त्यसबाट पनि जनतामा प्रभाव परेको अनुभव गरेकी छु । नीतिनिर्माणको तहमा पनि हामीले र अरूले खेलेको भूमिकालाई जनताले मूल्याङ्कन गरिरहनुभएको छ ।

    अहिले बागलुङ र समग्र गण्डकी प्रदेशमै प्रचारात्मक काम व्यापक रूपमा अगाडि बढेको छ । विगतको भन्दा यसपटक गण्डकीबाट भोट निश्चय नै बढ्छ ।

    एमालेकाले पनि राजमोलाई भोट दिन्छौँ भनिरहेका छन्
    तारा थापा, प्रदेशसभा समानुपातिक उम्मेदवार (लुम्बिनी प्रदेश)
    कात्तिक १६ गतेदेखि राजमो केन्द्रले सञ्चालन गरेको समानुपातिक उम्मेदवार प्रसार अभियानमा हिँडियो । त्यस क्रममा पनि जनताको राम्रो प्रतिक्रिया पाएका थियौँ । यसैबिच आफ्नै प्रदेशमा लाग्नुपर्ने आवश्यकता महसुस भयो । त्यसपछि म लुम्बिनी प्रदेशमा, खासगरी गुल्मीमा चुनाव प्रचार प्रसारको क्रममा छु ।

    अहिलेसम्म गुल्मीका मुसिकोट, छत्रकोट, चन्द्रकोट, सत्यवतिलगायतका पालिकामा पुगेर अहिले कालिगण्डकी गाउँपालिकामा आइपुगेका छौँ । मसँग अरू साथीहरू पनि हुनुहुन्छ ।

    हामीले अहिलेसम्म जति पनि जनतासित भेटघाट, कुराकानी भएको छ, सबैले राष्ट्रिय जनमोर्चालाई भोट हाल्छौँ भनेका छन् । स्वयम् हाम्रो प्रतिपक्षी दल एमालेका कार्यकर्ताहरूले पनि राजमोलाई भोट दिन्छौँ भनेका छन् । खासगरी कालिगण्डकीमा गत स्थानीय तहको निर्वाचनमा गल्ती भयो, अहिले त्यो गल्ती सुधाछौँ भन्ने अभिव्यक्ति दिएका छन् ।

    हाम्रो गुल्मी जिल्ला र प्रदेशभरि नै राजमोको पक्षमा राजनीतिक वातावरण छ । हाम्रा कुरा सुन्न अरू पार्टीकाले पनि हामीलाई बोलाइरहेका हुन्छन् तर हामी सबै ठाउँमा पुग्न सक्दैनौँ । यस खालको सद्भावलाई हेर्दा राष्ट्रिय जनमोर्चाको पक्षमा पहिलेभन्दा मतसङ्ख्या बढेर जाने छ भन्ने हामीलाई लागिरहेको छ ।

    मङ्सिर १ गतेसम्म खुल्ला रूपमै चुनाव प्रचार गर्न पाइने भएकाले अझै पनि भ्याएसम्मका स्थानमा हामी पुग्छौँ र राजमोको पक्षमा मतदान गर्न आम जनतासित अपिल गर्ने छौँ । आखिर हाम्रो शक्ति भनेकै जनता हो । जनताले आफ्नो शक्ति यो चुनावमा हामीलाई प्रदान गछौँ भनिरहेका छन् ।

    राजमोको प्रभाव बढोस् भन्ने कर्णालीवासीको शुभेच्छा छ
    गिरीप्रसाद बुढा, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार (कर्णाली प्रदेश)
    कर्णाली प्रदेशका सबै जिल्लामा हामीले प्रचार प्रसार गरिरहेका छौँ । कर्णालीका जनताले राष्ट्रिय जनमोर्चाको प्रभाव बढोस् भन्ने चाहेका छन् ।

    हामी जहाँ जहाँ पुगेका छौँ, हाम्रो एजेन्डाप्रति असहमत हुने मतदाता खासै भेटेका छैनौँ । हाम्रो पार्टीले उठाएको सङ्घीयता खारेजीको मुद्दाले जनतामा सबैभन्दा धेरै प्रभाव पारेको छ तर मतदातामा राजमो सानो भयो, जनतामा प्रभाव विस्तार हुन सकेन भन्ने गुनासो छ । कतिपय ठाउँमा गठबन्धन सत्ताको लागि भएको भन्ने भ्रम पनि छ । दलहरूप्रति जनताको अनेकौँ गुनासा छन् तर राजमोप्रति भने त्यस्तो नकारात्मक धारणा छैन ।

    अहिले पनि साथीहरू आआफ्नो जिल्लामा प्रचारमा लागिरहनुभएको छ तर सबै ठाउँमा हामी पुग्न सकिरहेका छैनौँ । मतदातासँगको भेटघाट र हाम्रो पार्टीप्रतिको सद्भाव हेर्दा कर्णालीमा विगतको भन्दा हामीले बढी नै भोट ल्याउँछौँ भन्ने विश्वास छ ।

    सुदूर पश्चिम प्रदेशसभामा हाम्रो प्रतिनिधित्व हुन्छ
    नन्दराज भट्ट, प्रदेशसभा समानुपातिक उम्मेदवार (सुदूर पश्चिम प्रदेश)
    विगतको चुनावमा सुदूर पश्चिम प्रदेशसभामा हाम्रो प्रतिनिधित्व हुन सकेन तर यसपटक हामी प्रदेशसभामा जान्छौँ ।

    सुदूर पश्चिममा हाम्रो पार्टीबाट प्रत्यक्षमा उम्मेदवार नभए पनि समानुपातिक उम्मेदवारका लागि प्रचार प्रसार अभियान चलिरहेको छ । यस क्रममा हामी लगभग सबै क्षेत्रमा पुगेका छौँ । कञ्चनपुर, कैलाली र डडेल्धुराका अधिकांश क्षेत्रमा म पुगेको छु । जनताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका छौँ । विगतमा एमालेलाई भोट दिएका मतदाताले समेत यसपटक प्रत्यक्षमा गठबन्धनलाई र समानुपातिकमा राष्ट्रिय जनमोर्चालाई मत दिने भनेका छन् ।

    अहिले सबै जिल्लामा जिम्मेवारी बाँडफाँट गरेर प्रचारको काम भइरहेको छ । घरदैलो अभियान, सभा, कोणसभालगायतका प्रचारात्मक काम भइरहेका छन् ।

    हामीलाई विश्वास छ, सुदूर पश्चिममा हामीले थ्रेसहोल्ड कटाउँछौँ र समानुपातिक प्रणालीबाट प्रदेशसभामा हाम्रो उपस्थिति जनाउन सफल हुने छौँ ।

    बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.