• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

ओलीको प्रतिगमनका कारण वाम–लोकतान्त्रिक गठबन्धन : नेपाली


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • तानसेन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले वाम–लोकतान्त्रिक गठबन्धन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका कारण बनेको बताउनुभएको छ ।

    Advertisement

    राजमो समानुपातिक टोलीले पाल्पाको तानसेनमा २०७९ कात्तिक २४ गते आयोजना गरेको कोणसभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘वाम–लोकतान्त्रिक गठबन्धन रहरे बनेको होइन’ उहाँले अगाडि भन्नुभयो– ‘एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीले पटक पटक जननिर्वाचित संसद् पटक पटक विघटन गरेर प्रतिगामी काम गरेकाले यो गठबन्धन बनेको हो ।’

    अध्यक्ष नेपालीले ओलीले पटक पटक संस विघटन गरेर जनआन्दोलनका उपलब्धि समाप्त गर्न खोजेको दाबी गर्नुभयो ।

    ‘ओलीले आफ्नो महत्त्वाकाङ्क्षा र निरङ्कुश प्रवृत्तिका कारण नेपालको संविधानमाथि नै आक्रमण गर्न खोजे । त्यही भएर जनआन्दोलनका उपलब्धि लिपिबद्ध गरिएको नेपालको संविधानलाई जोगाउन पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धन बनाउनुपर्यो’ उहाँले भन्नुभयो ।

    उहाँले तात्कालिक परिस्थितिमा सन्तुलित राजनीतिक अपनाएको राष्ट्रिय जनमोर्चालाई भोट दिन आम जनतालाई आग्रह गर्नुभयो ।
    ‘सङ्घीयताको विरोध, एमसिसी खारेजी, महङ्गी, भ्रष्टाचार, दण्डहीनताको अन्त्य तथा राष्ट्रियताको रक्षा गर्न राष्ट्रिय जनमोर्चालाई

    समानुपातिकतर्फ भोट दिनुस्’ उहाँले भन्नुभयो– ‘प्रत्यक्षतर्फ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई भोट दिनुस् ।’

    कार्यक्रममा मन्तव्य राख्दै राजमो उपाध्यक्ष जनकराज शर्माले प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षताका साथै राष्ट्रियतामाथि पनि आँच पुर्याएकाले त्यसको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेको बताउनुभयो ।

    ‘प्रतिगामी खतरा टड्कारो बनेकाले विभिन्न आपसी मतभेदका बाबजुद राष्ट्रिय जनमोर्चासहितको वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो’ उहाँले भन्नुभयो– ‘त्यसकारण नेपाली जनताले समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चालाई र प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई मत दिनुपर्दछ ।’

    त्यस्तै, राजमो केन्द्रीय सदस्य तारा थापाले पनि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि राजमो र वाम–लोकतान्त्रिक गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो ।

    राजमो केन्द्रीय सदस्य तथा जनप्रतिनिधि सामेकुमार कार्कीले पनि सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, लुम्बिनी प्रदेशसभातर्फ राजमोकी समानुपातिक उम्मेदवार नरमति सिँजाली, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य उमा सिँजाली र स्थानीय जनप्रतिनिधि लालबहादुर खातीको समेत आतिथ्य रहेको थियो ।

    कार्यक्रम राजमो तानसेन–११ वडासमितिका वासुवेदव बोहराको अध्यक्षता तथा राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीको सञ्चालनका साथै सम्पन्न भएको थियो ।

    समानुपातिक टोली पाल्पाबाट गुल्मीको सदरमुकाम तमघास जाँदै छ । टोलीले त्यहाँ कार्यक्रम गरेर गुल्मी कालिगण्डकी गाउँपालिकाको पुर्तिबाटमा बास बस्न जाने छ ।

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह
    पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध
    बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन
    चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • २.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ३.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ४.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    • ५.
      पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

    • ६.
      बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

    • ७.
      चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

    • ८.
      लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.