गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीले रुरु गाउँपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेद्वारलाई सघाउन पार्टी पंक्ति तथा आम जनतासित अपिल गरेको छ । राजमो जिल्ला अध्यक्ष जीवन रानाले प्रेस वक्तव्य प्रकासित गरी रुरु गाउँपालिका– ६ मा नेकपाका लर्फबाट वडा अध्यक्षका उम्मेद्वार गिरि प्रसाद सिंजालीलाई सघाउ गर्न अपिल गर्नुभएको हो ।
Advertisement
नेकपा र राजमोबीच केन्द्रमा भएको सहमति अनुसार मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रदेश सभा अन्तर्गत बाग्लुङ २ (ख) र स्थानीय तहमा प्युठानको मालारानी गाउँपालिका वडा नं २ मा नेकपाले राजमोका उम्मेद्वारलाई सघाउनेछ भने बाँकी स्थानमा राजमोले नेकपाका उम्मेद्वारालई सघाउने छ ।

