पोखरा । उप निर्वाचनको मनोेनयन दर्ता गर्ने दिन आज (बिहीबार) पोखरामा बम विस्फोट भएको छ । कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रबैंक चोक नजिक विस्फोट भएको हो।
Advertisement
आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि मनोनयनपत्र दर्ताको काम भइरहेका बेला जिल्ला निर्वाचन कार्यालय नजिकै बम बिस्फोट भएको हो ।
विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटना लगत्तै सुरक्षा सतर्कता बढाइएको छ ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ ।