दाङ । अखिल नेपाल किसान महासंघको प्रदेश नं ५ को अध्यक्षमा प्रेमनारायण आचार्य चयन हुनभएकाे छ । बुधबार दाङकाे घाेराहीमा सम्पन्न भेलाले आचार्यकाे अध्यक्षतामा प्रदेश समिति गठन गरेकाे हाे ।
भेलाकाे उद्घाटन अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले गर्नुभएकाे थियाे । समितिको उपाध्यक्ष ध्रुब थापा (प्युठान), सचिव रुक बहादुर पराजुली (रुपन्देही) र कोषाध्यक्ष हरिमाया भण्डारी (कपिलवस्तु) चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा विष्णु कुवँर (गुल्मी), कर्मराज चौधरी(कपिलवस्तु), गित बहादुर पौडेल(परासी), खिमानन्द खनाल (दाङ), मान बहादुर वश्याल (पाल्पा), हिमलाल आर्चाय, जुग प्रसाद भण्डारी (बाँके)र युवराज दर्लामी (बर्दिया) रहनुभएको छ ।
महासंघका संयोजक प्रेमनारायण आचार्यकाे अध्यक्षतामा सम्पन्न भेलाकाे सञ्चालन केन्द्रीय सदस्य ध्रुव थापाले गर्नुभएकाे थियाे भने स्वागत केन्द्रीय सदस्य विरबहादुर जिसीले गर्नुभएकाे थियाे ।
कार्यक्रम सफलताको शुभकामना दिनुहुने हरुमा महासंघका केन्द्रीय सचिव विरबहादुर खत्री, केन्द्रीय सदस्य तुल्सी सपकोटा, कर्मराज चौधरी, रुक बहादुर पराजुली, सावित्रा ढकाल, राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य रेशम विसी, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, तराई मेधेश जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी,अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्निमा आचार्य, अखिल नेपाल वुद्विजीविका केन्द्रीय सदस्य केशव प्रसाद खनाल, अखिल नेपाल जनजाति सम्मेलनका प्रदेश सदस्य रमेश गुरुङ, अखिल नेपाल उद्योग व्यापार संघका जिल्ला अध्यक्ष जगत प्रसाद पौडेल, किसान महासंघका राप्ती गाउँपालिकाका अध्यक्ष यमदर्जी शर्मालगायत नेताहरु हुनुहुन्थ्याे ।


