शंकर प्रसाद पोख्रेल
Advertisement
गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीले संचालन गरेको प्रगतिशील दिउसिभैलो कार्यक्रम गुल्मिको तम्घासमा एक कार्यक्रम बिच समापन भएको छ।गुल्मिको सत्यबती गांउपालिका,रुरु गाउँपालिका ,छत्रकोट गांउपालिका ,गुल्मी दरबार गाउंपालिका ,हुँदै रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानमा जानबादी भैलो प्रस्तुत गरिएको थियो।
रक्तिमका कलाकारहरुले आफ्नो कला जनता सामु राख्दा आम जनताको सहानुभूति रहेको थियो। राष्ट्रिय जनमोर्चा गुल्मी कार्यलयमा समापन गरिएको थियो।
राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्लाका अध्यक्ष जिबन रानाको अध्यक्षता जिल्ला सदस्य गुमान सिङ पुनको संचालनमा अगाडि बढेको समापन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छबिलाल सर्तुङ्गी र रक्तिम का कलाकार नरमाया थापा र बोम संजापतिले मन्तब्य राख्नुभएको थियो।


