• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

अध्ययनलाई प्रोत्साहन गर्ने प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा छैन : मोहन बैद्य

"दर्शनशास्त्रका अध्येता गोपीरमण उपाध्यायको समालोचना कृति ‘प्रगतिवादी समालोचना’ विमोचित "

  •   शनिबार, कार्तिक १६, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन बैद्यले नेपाली कम्युनिस्ट आन्दोलनमा अध्ययनलाई प्रोत्साहन नगर्ने प्रवृत्ति विद्यमान रहेको बताउनुभएको छ । ‘आफूले पनि अध्ययन नगर्ने, अरूले पनि अध्ययन गरोस् भन्ने नचाहने प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान छ’ बैद्यले भन्नुभयो– ‘यस प्रकार अध्ययनलाई प्रोत्साहन नगर्ने प्रवृत्ति चिन्ताको विषय हो ।’

    Advertisement

    प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष दर्शनशास्त्रका अध्येता गोपीरमण उपाध्यायको समालोचना कृति ‘प्रगतिवादी समालोचना’ को २०७६ कार्तिक १६ गते राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित विमोचन कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । पुष्पलालको पूर्वी विश्वको समाज विकासलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणले विवेचना नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने भन्ने विचार आफ्ना लागि पनि नयाँ, तर शिक्षाप्रदः रहेको बताउँदै बैद्यले अध्ययन–अनुसन्धान कार्य सामूहिक प्रकृतिको रहेको बताउनुभयो । ‘एक्लैले त केही पनि गर्न सकिन्न’ उहाँले अगाडि भन्नुभयो– ‘समाज विकासको आमूल परिवर्तनका लागि अध्ययन–अनुसन्धान पनि सामूहिक प्रकारले गरिनुपर्दछ ।’ उहाँले समालोचना कृति प्रकाशन गरेकोमा उपाध्यायलाई धन्यवाद पनि दिनुभयो ।

    नेपाली समाज विकासका लागि सपना देख्नु स्वाभाविक भएको बताउँदै उहाँले वर्तमान परिस्थिति जटिल भएको दावी गर्नुभयो । देशको वर्तमान परिस्थितिबारे बिम्बात्मक प्रस्तुति दिँदै उहाँले भन्नुभयो– ‘आकाशमा बादल छ, जुन पनि छेउमा छन्, घाम पनि छेउमा ।’ समाजको आमूल परिवर्तनका सामु पर्याप्त बाधा रहेको बताउँदै उहाँले सो अभिव्यक्ति दिनुभएको थियो ।

    कार्यक्रममा कृतिको समीक्षा गर्दै प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले उपाध्यायको प्रस्तुत कृतिले अध्ययनको भोक जगाउने बताउनुभयो । समालोचनामा सारपक्षमा अत्यधिक ध्यान दिइँदा रूपपक्षको चर्चातर्फ कम ध्यान पुगेको बताउनुभयो ।

    अर्का समीक्षक प्रलेसका सल्लाहकार डा. विन्दु शर्माले प्रस्तुत कृति विचारको हिसाबले प्रष्ट भएको बताउनुभयो ।

    पुष्पलाल अध्ययन समाज, काठमाडौँका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षता तथा प्रलेसका उपमहासचिव आरसी न्यौपानेको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

    कार्यक्रममा जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले पनि मन्तव्य राख्नुभएको थियो । कृति लेखनको क्रममा भोगिएका अनुभवबारे लेखक उपाध्यायले चर्चा गर्नुभएको सो कार्यक्रममा जनता टेलिभिजनका अशेष घिमिरेले स्वागत गर्नुभएको थियो ।

    नेकपाका स्थायी समिति सदस्य मणि थापा, प्रलेसका सचिव प्रकाश थापा मगर, कोषाध्यक्ष डा. धु्रवकुमार घिमिरे, पूर्व अध्यक्ष मातृका पोखरेललगायत लेखक, साहित्यकार र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रमको आयोजक पुष्पलाल अध्ययन समाज, काठमाडौँ तथा सहआयोजक प्रगतिशील लेखक सङ्घ र जनता टेलिभिजन रहेका थिए ।

    शनिबार, कार्तिक १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.