बुटवल । राष्ट्रिय जनमोर्चाले तिहारका अवसरमा आयोजना गरेको देउसी भैलोका कार्यक्रम रुपन्देहीमा जारी छ । यही कात्तिक १० गतेदेखि सुरु भएको देउसी भैलो भैरहवा तथा बुटवलका विभिन्न टोलहरुमा जारी रहेको राजमो पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।
देउसी भैलो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुहुन्छ । त्यस्तै, राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलमसहित स्थानीय नेताहरुको ठुलो संख्यामा उपस्थिति रहेको छ ।
भैलो कार्यक्रम भैरहवाका विभिन्न टोल तथा बुटवलको देवीनगर, बेल्वास, अमरपथ, हस्पिटल लाइनलगायतका स्थानमा खेलिएको छ ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना नेतृत्वको कलाकारहरुको टोलीले बेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेको छ ।
कार्यक्रममा कलाकाहरु सीता बस्याल, लक्ष्मी गुरुङ, जीवन पुन, हिरा बस्याल भुजेल, सुमन जिसी, सुदिप जिसी, पुजा खत्री, मिलन परियार, ममता परियार, अञ्जु पुन, हिमाल थापा, सम्झना थापा, सीमा थापा, अस्मी योगी, रोशनी बराई, पुष्पा खत्री, सन्तोषी अस्माली मगर, बिष्णु कुँवर, बिष्णु केसीलगायत सहभागी छन् ।
कार्यक्रमको समापन भोलि १६ गते हुनेछ ।




