डोटी । अखिल नेपाल युवक संघको डोटी जिल्ला अध्यक्षमा पुनः प्रशान्त थापा निर्वाचित हुनुभएको छ । बिहीबार डोटीमा सम्पन्न जिल्ला भेलाले थापाको अध्यक्षतामा जिल्ला समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शिवराज भट्ट, सचिव हिक्मत वोगटी, सहसचिव हेमराज भट्ट र कोषाध्यक्षमा पुजा विक चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा शंकर विक, लक्ष्मण नेपाली, तेज थापा, नविन विक र रामचन्द्र भट्ट रहनु भएको छ।
भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले गर्नुभएको थियो ।
कार्यक्रम सफलताको सुभकामना दिनुहुने वक्ताहरुमा राजमो जिल्ला सचिव केशव नाथ योगी, कोषाध्यक्ष रमेश अवस्थी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य नरेश आले मगर,अखिल (छैठौं)का जिल्ला संयोजक हेमविक्रम चन्द, राजमो जिल्ला सदस्य उज्जर सिंह मगर लगायत हुनुहुन्थ्यो ।
प्रशान्त थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सदस्य रामचन्द्र भट्टले गर्नुभएको थियो ।

