बागलुङबजार । अखिल नेपाल युवक सङ्घ बागलुङको चौथो जिल्ला भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा २०८१ माघ २६ गते शनिबार बागलुङबजारमा सोभेला सम्पन्न भएको हो ।
भेलाको उद्घाटन पानसमा बत्ती बालेर अध्यक्ष अधिकारीले गर्नुभएको थियो ।

सो अवसरमा मन्तव्य राख्दै युवाहरूले तात्कालिक रूपमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीका लागि चैत २४–३० गतेसम्मको काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

युवक सङ्घका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको विशिष्ट आतिथ्य रहेको सो कार्यक्रममा उहाँसँगै राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, अखिल नेपाल महिला सङ्घकी उपाध्यक्ष लक्ष्मी बासकोटा, अखिल (छैठौं) का केन्द्रीय सचिव गणेश सापकोटा, राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर, राजमो बागलुङका सचिव भीमलाल पोखरेल, जिल्ला सदस्य थानेश्वर सुवेदी, लक्ष्मण पुन र जिल्ला सल्लाहकार भीमसेन वनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भेलामा अखिल (छैठौं) का केन्द्रीय सदस्य रेखा पौडेल, रक्तिम सांस्कृतिक अभियान बागलुङका दिलिप परियार, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सबिन श्रीस, युवक सङ्घका जिल्ला सल्लाहकार प्रेम थापा र बागलुङ नगरपालिका–१४ का वडासदस्य चन्द्रा सुनारको आतिथ्य रहेको थियो ।

अनिल गिरीको सञ्चालन तथा वीरेन्द्र थापाको अध्यक्षतामा अघि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई श्रीप्रसाद थापाले स्वागत गर्नुभएको थियो ।

अध्यक्षमा थापा
भेलाले वीरेन्द्र थापा (जैमिनी) अध्यक्ष रहनुभएको १७ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहितको २५ सदस्यीय युवक सङ्घको बागलुङ जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा अनिल गिरी (बडिगाड), सचिवमा दुर्गा थापा (बरेङ), सहसचिवमा इन्द्रमान छन्त्याल (ढोरपाटन) र कोषाध्यक्षमा भिसम छन्त्याल (निसीखोला) रहनुभएको छ ।

त्यस्तै, सदस्यमा प्रकाश पौडेल (बागलुङ नगरपालिका), तुफान पुन (बरेङ), पूर्णबहादुर विक (बडिगाड), विष्णु शर्मा (जैमिनी), कमला सुवेदी (बागलुङ नगरपालिका), दुर्गाबहादुर खत्री (गलकोट), प्रदीप पुन (काठेखोला), मनिष कँडेल (गलकोट), मसुमन अर्गेजा (ढोरपाटन), गीताकुमारी विक (जैमिनी), वीरेन्द्र शाही र झकबहादुर क्षेत्री (जैमिनी) रहनुभएको छ ।
समितिको वैकल्पिक सदस्यमा आसमायाविक (ढोरपाटन), वीरेन्द्र भुजेल (बडिगाड), गोपाल विक (बरेङ) र दिजन अदै (ढोरपाटन) रहनुभएको छ ।
एवम् प्रकारले सल्लाहकारमा श्रीप्रसाद थापा, खगेन्द्रथापा, रकम कायत र प्रेम थापा रहनुभएको छ ।
