बसन्तराज गोराथोकी, खलङ्गा ।
प्युठान जिल्लाको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अखिल (छैठौं) को एकाइ समिति गठन गरिएको छ ।
केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सेवक भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले विद्यार्थी आन्दोलन र क्याम्पसमा हुने शैक्षिक गतिविधिमा अखिल (छैठौं) ले पुऱ्याएको योगदानबारे जानकारी दिनुभयो ।
उहाँले क्याम्पसमा शैक्षिक विकृति, निराशा, पलायन र वैदेशिक रोजगारीजस्ता मुद्दामा आवाज उठाउन सबै विद्यार्थीलाई अखिल (छैठौं) मा आबद्ध हुन आग्रह गर्नुभयो ।

अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल विशेष अतिथि रहनुभएको सो कार्यक्रममा अखिल (छैठौं) का परिषद् सदस्य बसन्तराज गोराथोकीको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सौरव पण्डितले तथा सञ्चालन अखिल (छैठौं) केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सचिव लक्ष्मण पुनमगरले गर्नुभएको थियो ।
अध्यक्षमा पण्डित
भेलाले गठन गरेको १५ सदस्यीय एकाइ समितिको अध्यक्षमा सौरव पण्डित रहनुभएको छ ।
समितिको उपाध्यक्षमा रेश्मा योगी, सचिवमा सबिता विश्वकर्मा, सहसचिवमा सङ्गीता पुन र कोषाध्यक्षमा पार्वती खत्री रहनुभएको छ ।
त्यस्तै, सदस्यमा सूचना गुरुङ, पुष्पा राउत, सारा परियार, दनसरी रानामगर, ममता केसी, प्रथिना सुनार, नन्दराम क्षेत्री, शिशिर परियार, रेशमा पुनमगर र सञ्जिता पुनमगर रहनुभएको छ ।