दाङ । सङ्घीयता विरुद्धको सङ्गठनात्मक अभियानअन्तर्गत दाङको घोराही–५ पिपलटाकुरा टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८१ माघ ७ गते सोमबार सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा प्रेमा विक, सचिवमा लालमती नेपाली, कोषाध्यक्षमा देबा नेपाली, सदस्यमा रेशम नेपाली, पुष्पा नेपाली, शिवा केसी, देबिराम नेपाली, खिमु नेपाली र कृष्णी नेपाली रहनुभएको छ ।
कार्यक्रममा राजमो जिल्ला सदस्य मेघराज भट्टराई, राजमो घोराही नगर सचिव बलदेव विक र जातीय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपालीको उपस्थि