• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

घोराही–१९ ले नीतिगत भ्रष्टाचार गरेको राजमोको आरोप


  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा घोराही १९ वडा समितिले वडा कार्यालयप्रति नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

    २०८१ पुस २३ गते मङ्गलबार सो समितिका अध्यक्ष मङ्गलबहादुर घर्तीमगरले जारी गर्नुभएको प्रेसवक्तव्यमा यस्तो आरोप लगाइएको हो ।

    मङ्सिर १५ गतेसम्म “फुसको छाने विस्थापित गर्ने सुरक्षित नागरिक आवास कार्यक्रम” बारे अनुसन्धान समिति गठन गरी प्रतिवेदन दिने भनिएको हालसम्म केही नभएको भन्दै राजमोले यस्तो आरोप लगाएको बताइएको छ ।

    यसलाई राजमोले भ्रष्टाचार विरोधी आन्दोलन रोक्ने प्रयत्नको रूपमा लिएको पनि वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा घोराही–१९ ले नेपाल सरकारले फुसको छानो विस्थापित गर्ने सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १९ दाङमा भएको अनियमितता, नीतिगत भ्रष्टाचार र स्थानीय तहले पारित गरेको योजना तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियामा गरेको गलत कार्यशैलीका विरुद्धमा पटक पटक खबरदारी र सुधारका लागि चेतावनीसहित विज्ञप्ति जारी गरेको थियोे ।

    त्यसैका विषय सम्बन्धित रहेर मिति २०८१ कात्तिक ४ गतेका दिन घोराही १९ नं. वडा कार्यालयमा घोराही उपमहानगरपालिका वन तथा वातावरण बिपत् व्यवस्थापन शाखाका कर्मचारी, घोराही १९ नं. वडा कार्यालय कर्मचारी, वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत व्यक्तिको उपस्थितिमा सर्वपक्षीय बैठक बसी सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ र पहिलो संशोधन–२०७६ कार्यविधिबमोजिम अनियमितता तथा भ्रष्टाचार भए÷नभएको स्थलगत अनुगमन र छानबिन गर्नका लागि वडास्तरीय अनुगमन तथा छानबिन समिति बनेको थियोे, जसमा वडाअध्यक्ष ज्ञानबहादुर रायमाझीको संयोजकत्वमा बनेको समितिमा काङ्ग्रेसबाट तिलक डाँगी, माओवादीबाट खडक घर्ती, एमालेबाट निमकान्त पुरी, राष्ट्रिय जनमोर्चाबाट मङ्गलबहादुर घर्तीमगर रहने गरी पाँच सदस्यीय अनुगमन तथा छानबिन समिति गठन भएको र उक्त अनुगमन तथा छानबिन समितिले कात्तिक महिना र मङ्सिर १२÷१३ गतेसम्म स्थलगत अनुगमन तथा छानबिन गरी २०८१ मङ्सिर १५ मा अनुगमन तथा छानबिन प्रतिवेदन तयार गरी घोराही उपमहानगरपालिकाको कार्यपालिकाको कार्यालय नगरप्रमुखसमक्ष पेस गर्ने भनी निर्णय भएको थियो । घोराही १९ नं. वडा कार्यालयले अनियमितता र भ्रष्टाचारको छानबिन तथा अनुगमन समिति मात्र गठन गरेर मङ्सिर १५ समाप्त भएर यहाँसम्म आउँदासम्म छानबिन तथा अनुगमनका लागि कुनै समन्वय नगरेर खुलेआम नीतिगत भ्रष्टाचार र अनियमिततालाई बचाउ गर्न खोजिरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

    अनुगमन र छानबिनको नाममा हाम्रो भ्रष्टाचार विरोधी आन्दोलनलाई रोक्ने प्रयत्न मात्र भएको कुरा अब दिनको घामजत्तिकै छर्लङ्ग भएको छ ।
    आव २०८१÷८२ का लागि वडास्तरीय योजना तथा कार्यक्रम तर्जुमा बजेट व्यवस्थापन जनप्रतिनिधिले मनोमानी ढङ्गले योजना तथा कार्यक्रम तर्जुमा गरेर बजेट विनियोजन गरेकोप्रति पनि हामी गम्भीर बनेका छौँ । यस खालको गतिविधिले थप नीतिगत भ्रष्टाचार र अनियमितता बढेर जाने अनुमान गर्न सकिन्छ । यस प्रकारका अनियमितता र भ्रष्टाचार जन्य गतिविधि हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कहाँ बसेको छ ? कतै मिलिमतो त छैन ? यस प्रकारको अनियमितता भएको काम तत्काल रोक्न र राष्ट्रलाई लुट्ने भ्रष्ट प्रवृत्तिको अन्त गर्न हामी सरकारसित जोडदार माग गर्दछौँ । यो गम्भीर विषयमा गम्भीर ध्यानाकर्षण भई तत्काल नरोकेमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा वडा कार्लयय, नगरपालिका कार्यालय, सरकारका विरुद्धमा थप भ्रष्टाचार, अनियमितताका विरुद्धमा सशक्त आन्दोलन गर्न बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहान्छौँ ।”

    मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.