• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अमेरिकाद्वारा नेपालमा सरकार परिवर्तनका सम्भावनाप्रति सचेत रहन मसालको आग्रह


  •   शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकाले नेपालमा सरकार परिवर्तन गर्न खोजेको सम्भावनाप्रति सचेत रहन आग्रह गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ मङ्सिर २८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा आफ्नो शासनकालको अन्तिम समयमा अमेरिकी राष्ट्रपति जो वाइडेनले आफूअनुकूल सरकार बनाउन चाहेको उल्लेख छ । केही समयअघि अमेरिकी मन्त्री लको नेपाल भ्रमणले काङ्ग्रेस र माओवादी केन्द्रमाझको सरकार बन्ने सम्भावनातर्फ उल्लेख गर्दै मसालले एमसिसी र इन्डोप्यासिफिक रणनीतिको पक्षमा यस्तो कदम उठाउन सक्ने सम्भावनाप्रति सचेत गराएको छ ।

    मसालले पछिल्लो समयमा प्रभाव बढ्दै गएको तर त्यसप्रतिको सतर्कता एकदम कमजोर रहेको उल्लेख गरेको छ ।

    नेपालमा अमेरिकी प्रभाव बढ्दा चीन विरुद्ध नेपाललाई उपयोग गर्ने काम हुने र त्यसो भएमा नेपालको राष्ट्रियता सार्वभौमिकता र भौगोलिक अखण्डता र असंलग्न परराष्ट्रनीति धरापमा पर्ने धारणा मसालको छ ।

    अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षमा जोड दिइएको सो वक्तव्यको पूर्णपाठ यस्तो छ :

    अमेरिकाको राष्ट्रपतिको चुनावमा ट्रम्पको जित भएपछि अब वाइडेन थोरै समयको लागि नै सत्तामा रहनेछन् । त्यो अवधिमा विश्वको राजनीतिक नक्सा र स्थितिमा आफ्नो प्रकारले परिवर्तन गर्नको लागि उनले योजनाबद्ध प्रकारले कदमहरु चाल्न थालेको पाइन्छ ।

    वाइडेनले आफ्नो प्रभावलाई प्रयोग गरेर फ्रान्सका पहिलेका प्रधानमन्त्रीलाई अवदस्त गराएर आफ्नो अनुकूलको नयाँ प्रधानमन्त्रीलाई निर्वाचित गराए । युक्रेनको युद्धमा आफ्नो पूरा शक्ति लगाउन परेकोले सिरियाका पहिलेका राष्ट्रपति अलअसदको मद्दतका लागि पर्याप्त सैनिक मद्दत गर्न नसकेको अवस्थाबाट फाइदा उठाएर वाइडेनले त्यहा“ पनि सत्ता परिवर्तन गर्न लगाए ।

    ट्रम्पले युक्रेनको युद्धलाई राष्ट्रपतिको पद ग्रहण गर्ने बित्तिकै त्यहाँको युद्धलाई समाप्त गर्ने कुरा गरिरहेका छन् । उनको त्यो नीतिलाई कार्यान्वयन हुन नदिन वाइडेनले युक्रेनमा बढीभन्दा बढी सैनिक वा आर्थिक मद्दत गरिरहेका छन् । आफ्नो छोटो शासनकालमा उनले त्यही प्रकारको रणनीति अन्य देशहरूमा पनि अपनाउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यस प्रकारको पृष्ठभूमिमा यो प्रश्न उठाउनु पनि सायद अप्रासाङ्गिक हुने छैन : कहीँ आफ्नो त्यही प्रकारको रणनीति अन्तर्गत उनले नेपालमा पनि सत्ता परिवर्तनको लागि कुनै योजनाअन्तर्गत काम गइरहेका त छैनन् ?

    अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले हालै नेपालको भ्रमण गरेर फर्केका छन् । उनको नेपालको यात्रा पनि नेपालमा सत्ता परिवर्तन गर्ने कुनै अभिप्रायद्वारा निर्देशित त थिएन ? उनको यात्राको सन्दर्भमा यो कुरा उल्लेखनीय छ कि उनले माओवादी र नेपाली काँग्रेसका नेताहरूसित त भेट गरे, तर प्रधानमन्त्री ओलीसित भेट गरेनन् । उनको त्यस प्रकारको पृष्ठभूमिमा यो प्रश्न पनि नउठाइकन रहन सकिन्न : के त्यसरी अहिले अमेरिकाले ओलीको नेतृत्वको गठबन्धनको ठाउ“मा माओवादी र नेपाली काँग्रेस सहितको अर्को गठबन्धनको सरकारको गठन गर्ने योजनाअन्तर्गत काम गरिरहेको त छैन ?

    नेपालका सबै प्रमुख राजनीतिक दलहरूले अमेरिकापरस्त नीति नै अपनाउने गरेका छन् । तर अमेरिकाले उनीहरूको त्यस प्रकारको नीतिलाई ढुलमुल ठान्दछ । त्यसले नेपालमा यस प्रकारको सरकारको निर्माण गर्न चाहन्छ कि जसले एमसीसीको स्पिड अनुसार अमेरिकाको साम्राज्यवादी सैनिक रणनीतिलाई अमेरिकाको निर्देशनअनुसार दृढतापूर्वक लागू गरोस् । एकातिर, चीनका विरुद्ध सैनिक मोर्चाबन्दी र, अर्कातिर, तिब्बतमाथि आक्रमणका लागि नेपाललाई युद्धभूमिका रूपमा उपयोग गर्नका लागि अमेरिकाले नेपालमा त्यही प्रकारको सरकार चाहन्छ । यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न कि अहिलेको डोनाल्ड लुको भ्रमण त्यही उद्देश्यद्वारा निर्देशित थियो । प्रकट रूपमा उनका यात्राका परिणामहरू कुन रूपमा अगाडि आउने छन् ? त्यो कुरा आउने दिनहरूमा प्रष्ट हुँदै जानेछ ।

    जेहोस्, नेपालको सन्दर्भमा अमेरिकाको रणनीति नेपाललाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत उपयोग गर्ने नै रहेको छ र आफ्नो त्यो उद्देश्य पूरा गर्नको लागि त्यसले नेपालको राज्य सत्तालाई त्यसरी नै उपयोग गर्नको लागि योजनाबद्ध प्रकारले काम गर्दै जाने कुरा निश्चित छ । अमेरिकाको त्यस प्रकारको नीति नेपालको असंलग्नताका विरुद्ध मात्र होइन, नेपालको सम्पूर्ण राष्ट्रिय हित र शान्ति तथा दीर्घकालीन हित समेतका विरुद्ध हुनेछ ।

    अमेरिकी साम्राज्यवादी खतराका विरुद्ध सङ्घर्ष नेपालको राष्ट्रिय र दीर्घकालीन हितको प्रश्न हो । तर त्यो सङ्घर्ष अत्यन्त कठिन र जटिल छ ।

    जुन कुराले त्यो कार्यलाई कठिन बनाउँछ, त्यो यो हो कि अमेरिकाले नेपालका विभिन्न क्षेत्रहरूमा घुसपैठ गरेर आफ्नो प्रभावको धेरै विस्तार गरेको छ । समाजका कैयौ“ समूह वा व्यक्तिहरूले देशका राष्ट्रिय वा दीर्घकालीन हितहरू भन्दा बढी आफ्ना व्यक्तिगत फाइदाहरूमाथि बढी ध्यान केन्द्रित गर्ने गर्दा त्यस प्रकारका साम्राज्यवादपरस्त सोचाइहरू देखा पर्ने गर्दछन् । त्यसकारण हामीले साम्राज्यवादको विरुद्धको सङ्घर्षलाई प्रभावशाली प्रकारले अगाडि बढाउनको लागि जनजागरणमा विशेष जोड दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

    शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.