काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली पत्नीशोकमा पर्नुभएको छ ।
Advertisement
अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्यसमेत रहनुभएकी ७३ वर्षीय दमयन्तादेवी अधिकारीको निधनसँगै अध्यक्ष नेपाली शोकमा पर्नुभएको हो ।
मधुमेहबाट पीडित दमयन्तादेवीलाई स्वास्थ्य समस्या देखिएपछि आजै घोराहीस्थित राती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । २०८१ मङ्सिर ८ गते बिहान ७ः३० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यका अनुसार उहाँको दाहसंस्कार देउखुरीस्थित बडहराघाटमा गरिने भएको छ ।
स्मृतिशेष दमयन्तादेवी र अध्यक्ष रश्मिराज नेपालीको परिवारमा तीन छोराहरू विप्लव अधिकारी, सुमन अधिकारी र भरत अधिकारी तथा छोरीहरू शुभद्रा र सीता रहेका छन् ।