• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

चुनढुङ्गा उत्खनन् प्रकरणमा दोषीलाई नउम्काउन र निर्दोषलाई नफसाउन राजमो जोड


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् प्रकरणमा दोषीलाई उम्किन नदिन र निर्दोषलाई नफसाउन प्रहरी प्रशासनसित राष्ट्रिय जनमोर्चाले जोड दिएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ भदौ २ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो तथ्यमा जोड दिएको हो ।

    जिल्लाको भूमिकास्थान नगरपालिका–९ स्थित चुनढुङ्गा उत्खनन्का लागि पालिकाको कीर्ते लेटरप्याड र नगरप्रमुखको हस्ताक्षरको प्रयोगबारे राजमोले सो वक्तव्य जारी गरेको छ ।

    कैयौँ जिल्लाहरूमा सत्तारूढ दलले विरोधी पार्टीका विरुद्ध पुलिस प्रशासनलाई उपयोग गर्ने गरेको बताउँदै सो वक्तव्यमा अर्घाखाँचीमा त्यस्तो भएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने बताइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. ९ मा स्थित चुनढुङ्गा उत्खनन् कम्पनी सञ्चालनका लागि अनुमति लिने नाममा कम्पनीको प्रतिनिधिले भूमिकास्थान नगरपालिकाको लेटरप्याड तथा नगरप्रमुखको हस्ताक्षर कीर्ते प्रकरणमा दोषीउपर कारबाही गरिनुपर्ने कुरामा हाम्रो पार्टीबाट पहिले नै वक्तव्य सार्वजनिक भइसकेको छ । प्रहरी प्रशासनले कीर्ते प्रकरणमा छानबिन गरी सम्बन्धित कम्पनीका प्रतिनिधिलाई हिरासतमा लिएर मुद्दाप्रक्रिया अगाडि बढाएको छ । त्यसलाई हामीले समर्थन गर्दछौँ । चुनढुङ्गा उत्खनन् अनुमतिसँग जोडिएको कीर्ते प्रकरणमा दोषी उम्किन नदिन तथा निर्दोष नफसुन् भन्नेतर्फ प्रहरी प्रशासनले पूरा ध्यान दिनुपर्दछ भन्ने हाम्रो दलको जोड छ तर त्यसका साथै विगतमा देशका कैयौँ जिल्लामा प्रहरी प्रशासनले सत्तारूढ दलको निर्देशन वा रुचिमा निर्दोष व्यक्तिलाई फसाउने वा मुद्दा लगाउने गरेका थुप्रै उदाहरण पनि रहेका छन् । विपक्षीको सङ्गठनलाई नोक्सान पुर्‍याउन तथा सत्तारूढ दलको सङ्गठन विस्तारमा प्रहरी प्रशासनलाई सत्तारूढ दलले प्रयोग गर्ने गरेका छन् ।

    सत्तारूढ दलको स्वार्थमा प्रहरी प्रशासन चुनढुङ्गा उत्खनन् अनुमति कीर्ते प्रकरणलाई हाम्रा विरुद्ध उपयोग गर्न नपाउन् भन्नेतर्फ पनि हाम्रो दलको ध्यान गएको छ तर कीर्ते प्रकरणमा घटनाक्रमको जसरी विकास भइरहेको छ, त्यसलाई हेर्दा त्यो प्रकरणलाई सत्तारूढ दलले हाम्रो सङ्गठनका विरुद्ध प्रयोग गरिरहेको त छैन भन्ने शङ्का उत्पन्न भएको छ । यदि प्रहरी प्रशासनले कीर्ते प्रकरणलाई हाम्रो सङ्गठनका विरुद्ध प्रयोग गर्न खोजेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सरकार हुने छ ।

    अन्तमा चुनढुङ्गा उत्खनन् कार्यले स्थानीय खानेपानीका मूल, वनजङ्गल, जनताको खानेपानी, कृषिमा गम्भीर असर पुग्ने तथा खानी उत्खनन्को परिणाम त्यहाँको बस्तीलाई विस्थापित गर्नुपर्ने र त्यसबाट पर्यावरणलाई पनि गम्भीर असर पुग्ने भएकाले हाम्रो दलले चुनढुङ्गा उत्खनन् कार्य सञ्चालन गर्न नदिन विगतदेखि नै अडान लिँदै आएको छ । त्यस सवालमा हाम्रो अडान अहिले पनि कायम नै छ ।”

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.