शिव पन्थी, स्वर्गद्वारी (प्युठान) ।
प्युठानको स्वर्गद्वारीमा अखिल (छैठौं) को प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।
महासचिव सुवाश जिसीको प्रमुख आतिथ्यमा २०८१ साउन २६ गते शनिबारका दिन सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा राष्ट्रिय जनमोर्चा प्युठानका जिल्ला उपाध्यक्ष इमानसिंह खड्का, स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगर , जिल्ला समन्वय समिति प्युठानका सदस्य इन्द्रबहादुर खडका, अखिल (छैठौं) का जिल्ला अध्यक्ष केशव बुढाथोकी, राजमोका खुमा अधिकारी, गिरबहादुर गुरुङ, गङ्गाराम बिसी, द्रोण रावल, खोपबहादुर राउत, बिन्दु परियार, शिव पन्थी, कुबेर भण्डारी र कृष्णा रेग्मीको आतिथ्य रहेको थियो ।

सम्मेलनले लक्ष्मण पुन अध्यक्ष रहनुभएको ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाकार गरी जम्मा १७ सदस्यीय अखिल (छैठौं) को स्वर्गद्वारी नगर कार्यसमिति चयन गरेको छ ।
समितिमा उपाध्याक्ष बसन्ती रोका, सचिव तिलरीसरी राहुमगर, सहसचिव सागर भण्डारी र कोषाध्यक्ष अनिता पुन रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा अमन सुनार, निशा रोकामगर, ग्रिष्मा खड्का, कमला बुढाथोकी र आत्माराम सुनार रहनुभएको छ ।
वैकल्पिक सदस्यहरूमा विशाल पुन, सोनिया घर्ती र रमेश सुनार रहनुभएको समितिको सल्लाहकारहरूमा मनिषा बिसी, सङ्केत अधिकारी र शीतल खत्री रहनु भएको छ ।
कार्यक्रमको अध्यक्षता बसन्ती रोकाले, स्वागत मन्तव्य निशा रोकामगरले र सञ्चालन लक्ष्मण पुनले गर्नुभएको थियो ।
