• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालमा संविधान बनाउने विदेशी प्रोजेक्ट चल्छ, त्यसैले देश स्वाधीन छैन : महासचिव भट्ट


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाल स्वाधीन मुलुक नभएको दाबी गर्नुभएको छ ।

    Advertisement

    नेपालमा संविधान बनाउनेसम्मका विदेशी प्रोजेक्ट पटक पटक चल्ने गरेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको हो ।

    २०८१ साउन २६ गते शनिबारका दिन अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) को बागमती प्रदेश भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले नेपालमा संविधान बनाउन विदेशी प्रोजेक्ट आउने गरेको जानकारी दिनुभयो ।

    ‘२०१५ सालतिर नेपालको संविधान बनाउन राजा महेन्द्रले एक जना विदेशीलाई प्रोजेक्ट दिएका थिए’ महासचिव भट्टले खुलासा गर्नुभयो– ‘राजा महेन्द्रले ती विदेशीलाई संविधानमा आफ्नो अधिकार बढाउन भने, तबसम्म ती विदेशी नागरिकको भिसा अवधि समाप्त भइसकेको थियो । त्यसैले ती विदेशी नागरिकले महेन्द्रको इच्छाअनुसार काम गर्न सकेनन् र आफ्नो देश फर्के ।’

    उहाँले ती विदेशी नागरिकले आफ्नो भिसा अवधि सकिएकाले नेपालकै वकिलहरूबाट सो काम गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।
    यस्तो सिलसिला २०७२ सालको संविधान बनाउने सिलसिलामा पनि चलेको उहाँले दाबी गर्नुभयो ।

    ‘२०७२ सालमा पनि घानाको संविधान बनाएका एक जना भारतीय मूलका व्यक्तिले नेपालको संविधान बनाउन प्रोजेक्ट मागेका थिए’ राजमो नेता भट्टले भन्नुभयो ।

    उहाँले नेपालमा सङ्घीयता भित्राउनका लागि ९७ अर्ब रुपियाँ खर्च भएको बताउँदै अगाडि भन्नुभयो– ‘त्यसमध्ये पछि जातीय सङ्घीयताका लागि कैयौँ जनजाति नेताहरूलाई प्रायोजित गरिएको थियो । उनीहरूले नेपालमा बसेर जातिवाद र जातीय सङ्घीयताको पक्षमा वकालत गर्दथे ।’
    सोही प्रसङ्गमा उहाँले नेपालमा विदेशीहरूको माइक्रो म्यानेजमेन्ट हुने गरेको बताउनुभयो ।

    ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख कसलाई राख्ने ? मुख्य सचिव कसलाई नियुक्त गर्ने ? यस्ता सवालमा हामीले विदेशी शक्तिहरूको आदेश मान्नुपर्दछ’ उहाँले प्रश्न गर्नुभयो– ॅयसबाट हाम्रो अलग भूगोल, अलग झन्डा, अलग नक्सा भए पनि हामी पूर्ण स्वाधीन छैनौँ भन्ने पुष्टि हुन्छ ।’

    उहाँले नेपाल अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रमा रहेको दावी गर्नुभयो ।

    वकिलमा विदेशी घुसपैठ

    मन्तव्यको क्रममा उहाँले नेपालका वकिलहरूमाझ विदेशी घुसपैठको सन्दर्भ प्रस्तुत गर्नुभयो ।

    ‘वकिलहरूमा पनि विदेशी घुसपैठ छ’ उहाँले भन्नुभयो– ‘नेपालमा २७ हजार वकिलमध्ये कैयौँमा एनजिओ, आइएनजिओको घुसपैठ छ ।’
    उहाँले अन्ला यस्तो घुसपैठबाट बचेको वकिलहरूको सङ्गठन भएको स्पष्ट पार्नुभयो ।

    कानुनका विद्यार्थीसमेत रहनुभएका भट्टले अगाडि अन्लाका साथीहरूलाई भन्नुभयो– ‘तपाईंहरू न्यायको पक्षमा हुनुहुन्छ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् । तपाईंहरू अवश्य सफल हुनुहुन्छ ।’

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.