• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बुटवलमा मनाइयो तिसौँ विश्व आदिवासी दिवस (फोटा पनि)


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • बुटवल । अखिल नेपाल जनजाति सम्मेलनले तिसौँ विश्व आदिवासी दिवस मनाएको छ ।

    Advertisement

    २०८१ साउन २५ गते शुक्रबार (अगस्त ९) का दिन देशभर विश्व आदिवासी दिवस मनाइरहँदा जनजाति सम्मेलन लुम्बिनी प्रदेश समितिले सो दिवस मनाएको हो ।

    कार्यक्रममा बोल्दै जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङले आदिवासी जनजातिलाई जातीय राजनीतिबाट अलग गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    आदिवासी जनजातिलाई स्थानीय स्वशासनको व्यवस्था गरेर अधिकारमुखी बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘अधिकार पाउनबाट वञ्चित भएका आदिवासी जनजातिको नाममा जातीय राजनीति गर्नेका कारण आदिवासी जनजाति आन्दोलन ओझेलमा परेको छ ।’

    आदिवासी र जनजातिको परिभाषा अलग भएको बताउँंदै अखिल नेपाल जनजाति सम्मेलनले मात्रै आदिवासी जनजातिको आन्दोलन सही प्रकारले अगाडी बढाएको दाबी उहाँले गर्नुभयो ।

    कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले आदिवासी जनजाति आन्दोलनलाई साम्राज्यवादी र देशीय शक्तिकेन्द्रले जातीयताको नारा दिएर गलत ढङ्गले प्रयोग गरेको बताउनुभयो ।

    एनजिओ/आइएनजिओ चलाउनेहरूले आदिवासी जनजातिको नाममा डलरको खेती गरेर आदिवासी आन्दोलनलाई विभाजित गरेर बदनाम गरेको आरोपसमेत उहाँहरूले लगाउनुभयो ।

    जातिवादी बन्न नहुने बताउँदै उनीहरूले आदिवासी जनजातिको आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर आदिवासीलाई अधिकार दिनुपर्ने बताउनुभयो ।

    वामपन्थी नेता सुरेश थापाले आदिवासी जनजाति आन्दोलनलाई जातीय आन्दोलनसँग जोड्नु गलत भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको वर्गीय आन्दोलनसँग आदिवासी जनजाति आन्दोलनलाई जोड्नुपर्दछ ।’

    आदिवासी जनजातिलाई जातीय राज्य र जातिवादसँग जोडर सम्पत्ति कमाउनेसँग सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

    जातीय सङ्घीयताले समस्या निम्त्याएको बताउँंदै उहाँले साम्राज्यवादी तथा विदेशी शक्तिकेन्द्रसँग मिलेर आदिवासी जनजाति आन्दोलन भाड्ने काम भएको आरोप उहाँले लगाउनुभयो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, नेकपा (मसाल) रुपन्देही प्रवक्ता लालचन्द पन्त, जनजाति सम्मेलन रुपन्देहीका अध्यक्ष नारायण पुन, अखिल नेपाल युवक सङ्घ रुपन्देहीका अध्यक्ष मिलन पोखरेल, राजमो नेताहरू नरेन्द्रराज श्रीनेत, दिलप्रसाद नेपाली, नरबहादुर घर्तीमगर, केयरसिंह पुनलगायतले पन्तव्य राख्नुभएको थियो ।

    जनजाति सम्मेलनकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष उषा पुनमगरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

     

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.