खलङ्गा । २५ सदस्यीय पालिका समिति गठन गर्दै प्युठान झिमरुकको मच्छीमा अखिल (छैठौं) पालिकास्तरीय भेला सम्पन्न भएको छ ।
२०८१ साउन २३ गते बुधबार सम्पन्न उक्त भेलाले रविन एमसी अध्यक्ष रहनुभएको सो समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा जलजला खत्री, सचिवमा सबिर बस्नेत, सहसचिवमा सन्दीप विक र कोषाध्यक्षमा रिता विक रहनुभएको छ ।
त्यसैगरी समितिको सदस्यहरूमा समीक्षा पोख्रेल, निशा केसी, रन्जित सुनार, उर्मिला परियार, सुप्रिम बस्नेत, जलजला थापा, विकास विक, सुदर्शन गिरी, रूपक ढकाल, एन्जिला पन्थी, रजिना जिसी, सुशन एमसी, स्वर्णिमकुमार खत्री, समीक्षा जिसी, भूवन सुवेदी, मनिशा विक, प्रमोद विकलगायत रहनुभएको छ ।
भेलामा अखिल (छैठौं) का महासचिव सुवाश जिसी र नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
भेलालाई अखिल नेपाल किसान महासङ्घका सचिव वीरबहादुर जिसी, राष्ट्रिय जनमोर्चा झिमरुक पालिका समितिका सचिव देवेन्द्र जिसी, झिमरुक–५ का वडासदस्य बद्रि पोख्रेललगायतका नेताहरूले शुभकामना दिनुभएको थियो ।
भेलाको अध्यक्षता गौमुखी क्याम्पसका स्ववियु सभापति रजत जिसीले र सञ्चालन जिल्ला सहसचिव रविन एमसीले गर्नुभएको थियो ।