गणेश अधिकारी, पोखरा ।
कास्कीको पोखरामा जातीय समता समाजको जिल्ला भेला सम्पन्न भएको छ ।
२०८१ साउन १९ गते शनिबार उक्त भेला सम्पन्न भएको हो ।
भेलाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल हुनुहुन्थ्यो ।
भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापा, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकाल, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, समता समाजका प्रदेश सदस्य धनबहादुर सुनुवार, अखिल (छैठौं) का जिल्ला अध्यक्ष सोमनाथ अधिकारी, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष जमुना खत्री, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेशका अध्यक्ष डम्बर थापा, अखिल नेपाल बुद्धिजीवी सङ्घका प्रवीण पौडेललगायतका साथीहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।

भेलाले प्रेम विक अध्यक्ष रहनुभएको ११ सदस्यीय जिल्ला समिति समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा धनराज सुनुवार, सचिवमा विष्णु विक, सहसचिवमा होमबहादुर सुनुवार र कोषाध्यक्ष देविकला विक रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा रिता घर्तिमिरे, प्रेम गायक, विष्णुकुमारी नेपाली, दिलबहादुर परियार र रामबहादुर विक रहनुभएको छ ।
निर्वाचित अध्यक्षको प्रतिबद्धता मन्तव्यपछि समितिलाई शुभकामना राजमो नगर सचिव हरि खत्रीले दिनुभएको थियो ।
भेलाको अध्यक्षता प्रेम विकले, स्वागत देविकला विकले र सञ्चालन विष्णु विकले गर्नुभएको थियो ।






