बुटवल । अखिल (छैठौं) रुपन्देहीको अध्यक्षमा कुलचन्द्र शर्मा चयन हुनुभएको छन् ।
२०८१ साउन १२ गते शनिबार बुटवलमा सम्पन्न तेस्रो जिल्ला भेलाले शर्माको नेतृत्वमा नौ पूर्ण दुई वैकल्पिक गरी ११ सदस्यीय रुपन्देही जिल्ला समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा कल्पना क्षेत्री, सचिवमा विमल खरेल, सहसचिवमा माधवराज विश्वकर्मा र कोषाध्यक्ष सागर एमसी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा अविनाश खड्का, पूजा थापा, लक्ष्मी बन्जाडे र अप्लाव आलम रहनुभएको छ ।
समितिको वैकल्पिक सदस्यमा सरिना विश्वकर्मा र किरण सुनार तथा सल्लाहकारहरूमा सरोजमान सिंह र सागर बेल्बासे रहनुभएको छ ।
भेला केन्द्रीय सचिव सरोजमान सिंहको प्रमुख आतिथ्यमा अघि बढेको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले विद्यार्थीको अत्यधिक र अनियन्त्रित वैदेशिक पलायनलाई रोक्न राज्य गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
बालबालिकालाई राज्यप्रतिको निराशाबाट बाहिर निकाल्न अखिल (छैठौं) ले निरन्तर कोसिस गरिरहेकाले अभिभावकले पनि बालबालिकालाई सङ्गठित गर्नुपर्ने धारणा उहाँको थियो ।
त्यस्तै, कार्यक्रमका अर्का अतिथि वामपन्थी नेता सुरेश थापाले देश जटिल परिस्थितिमा गएको हुँदा अब युवाविद्यार्थीले बुर्जुवा व्यवस्थाको विरुद्ध सङ्घर्ष गर्दै देश र देशको शिक्षा नीतिलाई फरक तरिकाबाट अगाडि बढाउने बेला आएको बताउनुभयो ।
कार्यक्रमलाई कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भेलामा अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्य, सञ्जिला बुढा, अखिल नेपाल किसान महासङघ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष मिलन पोख्रेल, राजमो नेता भीमलाल न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
जिल्ला अध्यक्ष सागर बेल्बासेको अध्यक्षता तथा जिल्ला सदस्य सागर एमसीको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष विमल खरेलेल गर्नुभएको थियो ।
भेलापछि तीन सदस्यीय अध्यक्षमण्डल गठन गरी बन्दसत्र कार्यक्रम अगाडि बढेको थियो जसमा रिसव आचार्य, दिपा विश्वकर्मा र विमल खरेल हुनुहुन्थ्यो ।
बन्दशसत्रमा जिल्ला अध्यक्ष सागर बेल्बासेले जिल्लाको साङ्गठनिक अवस्था र गतिविधिबारे रिपोर्टिङ गर्नुभएको थियो ।