• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

नयाँ सरकार बनेपछि भारतको सक्रियता बढ्यो


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । गत असार २८ गते (शुक्रबार) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वास गुमाए । त्यसको दुई दिनपछि (असार ३० गते) नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए ।

    Advertisement

    असरा ३१ गते प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ खाए । त्यसलगत्रै भारतीय पक्षले निर्क सक्रियता बढाएको छ ।

    केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै बधाई र भेटघाटलाई तीब्रता दिएको भारतीय पक्षलाई मंगलबार पनि मन्त्रीहरूसँग भेटघाट र बधाई दिन भ्याईनभ्याई थियो ।

    ओली प्रधानमन्त्री नियुक्त भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिए । सोमबार सामाजिक सञ्जाल एक्समार्फत मोदीले ओलीलाई बधाई दिएका थिए ।

    नयाँ प्रधानमन्त्रीसँग दुई देशबीचको मित्रतालाई अझ सुदृडढ गर्न मिलेर काम गर्न तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन्।

    सोही दिन भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिए । उनी परराष्ट्रमन्त्री नियुक्त भएलगत्तै जयशंकरले समाजिक संजाल एक्समार्फत बधाई दिएका थिए ।

    बधाई सन्देश दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन नयाँ मन्त्रीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्।

    ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा नियुक्त हुनु भएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई,’ उनले लेखेका छन्, ‘नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’

    यता, साउन १ गते (मंगलबार) भारतका राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाइ भेटेरै बधाई दिए ।

    मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ। राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।

    मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे छलफल भएको बताइएको छ । भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा पनि भएको थियो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा जानकारी आदानप्रदान पनि भएको थियो।

    यसैगरी, राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि भेटेरै बधाई दिए । मंगलबार दिउँसो सिंहदबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

    भेटमा परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवका बीचमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ।

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.