• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भूमिकास्थानको सेङलेङमा व्यावसायिक चियाखेती सुरु


  •   आइतबार, असार २४, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० सेङलेङको लालीगुराँस देउराली सामुदायिक वनमा व्यावसायिक चियाखेती सुरु गरिएको छ ।

    वनमाराले अन्य जडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर समुदायले चिया लगाएको हो ।

    अर्घाखाँचीमै पहिलोपटक सेङलेङमा व्यावसायिक चियाखेती थालिएको स्थानीयले बताए । पूर्वकृषि मन्त्री वेदुराम भुसालद्वारा विनियोजित बजेट र भूमिकास्थान नगरपालिकाको समन्वयबाट सामुदायिक वनको २१ र निजीतर्फ १७ गरी ३८ रोपनी क्षेत्रफलमा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुराँस देउराली सामुदायिक वनका अध्यक्ष गिरबहादुर नेपालीले जानकारी दिनुभयो ।

    समुद्री सतहदेखि दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हबको रूपमा विकास गर्ने गरी कामसमेत थालेको छ । मनमोहक वातावरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान नगरप्रमुख झबिलाल थापाले बताउनुभएको छ ।

    ‘हामीले भूमिकास्थानलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट आर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना बनाएका छौँ’ नगरप्रमुख थापाले भन्नुभयो– ॅजसअनुसार कार्यक्रम लन्च भएका छन्, जसको ज्वलन्त उदाहरण सेङलेङको चियाखेती पनि हो ।’

    उहाँले थप्नुभयो– ‘कर्मशील जनशक्तिमार्फत बाँझो जग्गामा व्यावसायिक कृषि, मकैको पोस्कर र थाकलको पातबाट टोपी र झोला निर्माण, सेङलेङ होमस्टेसहित पालिकाभरि व्यावसायिक पर्यटकीय क्षेत्रको विकास नै नगरपालिकाको रोजगारी, उत्पादन र समृद्धिका आधार हुन् ।’

    गत वर्षदेखि सुरु भएको कर्मशील जनशक्ति परिचालनमार्फत बाँझो जग्गामा व्यावसायिक कृषि, मकैको पोस्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरवासीलाई नैतिकवान् र कर्मशील बनाउँदै लग्ने नगरप्रमुख थापाको विश्वास छ ।

    युवाहरूले देश छोडे भन्ने चिन्ता गर्नुभन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन सबै पक्ष एक भएर लाग्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ ।

    स्थानीयको जागरुकता र सामूहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेट कार्यक्रमको रूपमा सेङलेङमा चियाखेती सफल हुनेमा आफू विश्वस्त रहेको भूमिकास्थानका कृषिशाखा प्रमुख रामबहादुर थापाको भनाइ छ ।

    ‘वनमारा हटाएर चियाखेती लगाएका छौँ । यसलाई प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरी बगान बनाउने सोचमा रहेका छौँ’ सेङलेङ होमस्टेका अध्यक्ष हिमनाथ खनालले भन्नुभएको छ ।

    भूमिकास्थानको सेङलेङ गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमुना गाउँ हो । यहाँबाट मनोरम हिमशृङ्खला, अग्ला पहाडदेखि बेशीसम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिन्छ । पछिल्लो समय बढ्दै गएको गर्मी र मानवीय उकुसमुकुसमा प्राकृतिक मनोरमपूर्ण सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको थलो बन्न थालेको छ ।

    चैतेदशैँमा सरायनाचसहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह, पाथिभरा मन्दिर, सेङलेङ दह, चौरनजिकै रहेको मसिनाको लेक, मृगस्थली झरना, सिद्धगुफा पर्यटकीय आकर्षणको रूपमा रहँदै आएका छन् भने अब बन्ने चियाबगान पनि पर्यटकीय रोजाइमा पर्ने आँकलन गरिएको छ ।

    आइतबार, असार २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.