काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधिन भोटेकोसी जलविद्युत् आयोजनामा पुरिएर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ।
भोटेकोसी गाउँपालिका– ४ मा निर्माणधिन झिर्पु इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्याम साइडको सुरुङ भत्किँदा शुक्रबार साँझ १२ मजदुर पुरिएका थिए। पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा राति नै उद्धार गरिएको थियो ।
दुई मजदुरको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सुरुङभित्र पुरिएका दुई मजदुरको शव शनिबार बिहान ४ बजे निकालिएको छ ।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबारा नगरपालिका-३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा–५ का ३० वर्षीय सुमन थारु छन्। उनीहरु आयोजना निर्माणमा खटिँदै आएका मजदुर हुन्।
निर्माणाधिन ४० मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना–१ को ड्यामसाइडको सुरुङको ढलान गर्ने क्रममा शुक्रबार साँझ सल्याबको ढलान भासिँदा घटना भएको उनले बताए।
घटनामा १० जना मजदुर घाइते भएकोमा उद्धार गरी उपचारका लागि बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पतालमा भर्ना गरिएको छ।
गम्भीर अवस्थाका चार जनालाई थप उपचारको लागि काभ्रेको धुलिखेल ल्याइएको छ। घटनास्थल सिन्धुपाल्चोक सदरमुकाम बाह्रबीसेबाट ७० किलोमिटर उत्तर पूर्वमा पर्छ।
यी हुन् १० घाइते
१.जिल्ला बर्दिया बार बर्दिया नपा बस्ने बर्ष अंन्दाजी ४० को लहानु थारु अवस्था मध्यम (हल्का बोल्न सक्ने) धुलिखेल आस्पताल रिफर।
२. ऐऐ नपा५ बस्ने वर्ष अंन्दाजी ४५ को दुर्गा चौधरी। पेटमा चोट अवस्था मध्यम, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर।
३. ऐऐ बस्ने बर्ष अन्दाजी ४० को आइतमान थामी। बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पश्चात धुलिखेल रिफर।
४. जिल्ला दोलखा कालिञ्चोक गापा ९ बस्ने वर्ष अन्दाजी ४१ को आइतबहादुर थामी ढाडमा चोट। अवस्था मध्यम बाह्रविसे किस्टोन अस्पतालमा उपचार भईरहेको अवस्था मध्यम।
५. ऐऐ बस्ने वर्ष अन्दाजी ३१ को विजय थामी दुवै खुट्टामा चोट। अवस्था मध्यम (हल्का बोल्न सक्ने) किस्टोन अस्पतालमा उपचार भईरहेको।
६. ऐऐ बस्ने वर्ष अन्दाजी ३० को दिपक थामी बाह्रबप्से किस्टोन अस्पतालमा उपचार भईरहेको। अवस्था मध्यम।
७. ऐऐ बस्ने वर्ष अन्दाजी ४५ को पदमबहादुर थामी बाह्रविसे किस्टोन अस्पतालमा उपचार भइरहेको। अवस्था मध्यम।
८. जिल्ला रोल्पा लिबाङ नपा २ बस्ने वर्ष २३ को सासन रोका मगर। बाह्रविसे किस्टोन अस्पतालमा उपचार भइरहेको, अवस्था मध्यम।
९. ऐऐ बस्ने वर्ष अन्दाजी ५६ को गोपाल थामी। बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको।
१०. जिल्ला दोलखा बैतेश्वर गापा ८ बस्ने वर्ष ५८ को राम चन्द्र रिमाल। भित्री चोट (बोल्न सक्ने) बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रमा उपचार भई रहेको।