खिमराज चालिसे, चन्डिगढ (भारत) ।
नुवाकोटको विदुर नगरपालिका वडा नं. १३ हर्कपुरका १४ वर्षीय आदित्य भट्टलाई खोजी गर्न आग्रह गरिएको छ ।
Advertisement
२०८१ असार ८ गतेदेखि सम्पर्कविहीन भएका आदित्यलाई परिवारले खोजीकार्यमा सहयोग गरिदिन अनुरोध गरेको हो ।
खोजतलासीको क्रममा असार ८ गते काठमाडौँको कलङ्कीमा दिउँसो २ः३० बजे र असार १० गते महेन्द्रनगर बसपार्कमा बिहान १०ः२२ बजे सिसिटिभीमा देखिएका आदित्य त्यसपछि भारततिर पसेको हुन सक्ने आशङ्का परिवारको छ ।
हराएका निज भट्ट भेटिएमा भारतमा खिमराज चालिसे, फोन ९१–८९६८५०३०५० र नेपालमा यादव भट्ट, फोन– ९७६६४८५९६४ वा उमेश गौतम, फोन– ९८४९०४७३२६ मा खबर गर्न अनुरोध गरिएको छ ।