खिमराज चालिसे ।
लुधियाना । भारतको लुधियानामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन भएको छ ।
Advertisement
जुन ३०, २०२४ का दिन आयोजित भेलाले मूल प्रवाहको उक्त समिति गठन गरेको हो ।
नगर अध्यक्ष उदैसिंह चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विभिन्न समसामयिक विषयमा चर्चा गरेपश्चात् जयराम विकको अध्यक्षतामा नौ सदस्यीय एरिया सङ्गठन समिति गठन गरेको छ ।
समितिको सचिव हिक्मत परियार, कोषाध्यक्ष धनबहादुर विक र सदस्यहरूमा राम बोगटी, नरेश साउद, अमन शर्मा, नवीन विक, सुरज विक, नारायण विक रहनुभएको छ ।
भेला जयराम विकको अध्यक्षता तथा हिक्मत परियारको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत भाषण चक्र चन्दले गर्नुभएको थियो ।