• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

इबोलाले बढायो गर्भवतीको जोखिम

बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल


  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ असार ११ गते राजमो केन्द्रीय कार्यालय कपन ज्योतिनगरमा सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

    Advertisement

    समितिको उपाध्यक्षमा दिवाकर सुवेदी, सचिवमा डम्बर कार्की, सहसचिवमा जीवन पाण्डे र कोषाध्यक्षमा सुरेश पौडेल रहनुभएको छ ।
    त्यस्तै, सचिवालय सदस्यमा दामोदर पाण्डे, ऋतु केसी तथा सदस्यहरूमा भैगराज शर्मा, यमसेन पुन, हिरा रोकाक्षेत्री, हेमराज आश्रम, सन्देश थापा, सुरज गौतम, हिरा केसी, प्रेम भण्डारी, मदन भुसाल, ललित केसी, माया पुन र लेखनाथ शर्मा रहनुभएको छ । सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    त्यसैगरी भेलाले आनन्दराज शर्मा, मीना पुन, घनश्याम न्यौपाने, निमबहादुर बुढा, लक्ष्मी केसी, मनबहादुर खत्री र किस्मतराज भण्डारी रहनुभएको छ ।

    सहरबाट गाउँमा सकारात्मक सन्देश पुर्याऔँ : केसी
    भेलाको उद्घाटन गर्दै राजमो अध्यक्ष चित्रबहादुर केसीले सहरबाट गाउँमा सकारात्मक÷नकारात्मक दुवै खालका सन्देश प्रवाह हुने बताउँदै हामी सकारात्मक सन्देश प्रवाहका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।

    ‘सहरबाट सकारात्मक र नकारात्मक दुवै खालका सन्देश प्रवाह हुन्छन्’ केसीले भन्नुभयो– ‘हामीले सकारात्मक सन्देश गाउँ गाउँमा पुर्याउनुपर्दछ ।’

    उहाँले आफूहरूले निरङ्कुश पञ्चायती व्यवस्थाको समयदेखि नै काठमाडौँमा रहेका बागलुङेहरूसित सम्पर्क गर्ने गरेको स्मरण गर्दै अहिले केही समय त्यो सम्पर्क छुटेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अब त्यो टुटेको कडीलाई जोड्नुपर्दछ ।’

    अध्यक्ष केसीले सम्बोधनको क्रममा सम्पर्क समितिहरूले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको राजनीतिलाई फैलाउन योगदान गर्नुपर्ने बताउनुभयो ।

    भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो महासचिव मनोज भट्ट, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विक, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव प्रकाश थापामगर, प्युठान–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष समीर सिंह, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष छवि खनाल, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, सुदूर पश्चिम–काठमाडौँ सम्पर्क समितिका संयोजक भीष्म जोशी र युगदर्शनका सम्पादक विद्यानाथ अधिकारीले पनि शुकामना मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा राजमो उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, राजमो केन्द्रीय सदस्यहरू लक्ष्मी केसी र सुधा शर्मा, युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त शर्मा र रक्तिम सांस्कृतिक अभियानकी माया पुनको पनि आतिथ्य रहेको थियो ।

    निवर्तमान अध्यक्ष आनन्द शर्माको अध्यक्षता तथा सचिव घनश्याम न्यौपानेको सञ्चालनमा अघि बढेको स्वागत रमेश पौडेलले गर्नुभएको थियो ।

    1. राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी

    शनिबार, असार ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
    सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
    अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु
    इबोलाले बढायो गर्भवतीको जोखिम
    बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला
    माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

    • २.
      सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

    • ३.
      अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

    • ४.
      इबोलाले बढायो गर्भवतीको जोखिम

    • ५.
      बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    • ६.
      सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

    • ७.
      माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

    • ८.
      आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.