• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

संघीयताको औचित्यमाथि फेरि प्रश्न

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ४. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ५. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ६. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ७. राज्यसत्ता

  • ८. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ९. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • १०. सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

विकासका नाममा अमेरिकालाई नेपालबाट चीन घेर्न दिन्नौँ : केसी


  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विरुद्वमा रहेको बताउनु भएको छ । नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनातले बुझी सके पनि सत्तामा बस्नेहरुले भ्रम फैलाएको केसी बताउनुभयो ।

    Advertisement

    एमसीसीका विरुद्व मंगलबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष केसीले राष्ट्रघाती एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने बताउनुभयो । एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसदबाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको उहाँको भनाई छ ।

    विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनका विरुद्व गतिविधि चलाउने अमेरिकाको योजना बिफल बनाउन राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा केसीले जोड दिनुभयो । महाकाली बेच्दा र टनकपुर, अपरकर्णाली भारतलाई सुम्पिँदा पनि सत्तामा बस्ने कतिपय दल र ती दलका नेताहरुले भ्रम छरेको उल्लेख गर्दै अहिले पनि एमसीसीको पक्षमा जनतालाई भ्रममा पारिएको बताउनुभयो ।

    राष्ट्रियताको पक्षमा एमसीसीको विरुद्वमा संसदमा बोल्दा राष्ट्रिय जनमोर्चालाई एक्लै बनाइएको बताउँदै केपी ओलीले पहिल्यै पास गराउन लागेको एमसीसी अहिले कांग्रेस र एमाले मिलेर संसदबाट पास गराउन सक्ने भएकाले जनतालाई सचेत बनाएर आन्दोलनमा उर्तानुपर्ने उहाँले बताउनुभयो ।

    उहाँले आन्दोलनबाट राणा, पञ्चायत र राजा फालिए पनि सत्तामा बसेका केही दल र तिनका नेताहरुको स्वार्थका कारण देश र जनताले मुक्ति नपाएको बताउनुभयो ।

    नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले नेपालको कानुनभन्दा माथि राखेर एमसीसी ल्याउने षडयन्त्र भैरहेको बताउँदै चीनलाई कमजोर बनाउन अमेरिकारले जबरजस्त ल्याउन खोजेको एमसीसी पूर्णरुपले खारेज गर्नुपर्ने बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टीका नेता भेषराज भुसालले नेपाली जनतालाई एमसीसी मान्य नभएको बताउँदै आन्दोलनको दबाबबाट खारेज गरिने बताउनुभयो ।

    नेकपा मालेका नेता गोपालमणि गौतमले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेजी गर्नुको अर्को कुनै विकल्प छैन भन्नुभयो ।
    वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका नेता शसी विश्वकर्माले जनताको आन्दोलनबाट राष्ट्रिघाती एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि आन्दोलनलाई देशव्यापी बनाउनु पर्नेमा जोड दिनुभयो ।

    नेकपा (मसाल), नेकपा (माले), विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका राजनीतिक दलले बुटवलमा एमसीसी विरुद्व विरोध सभाको आयोजना गरेका थिए ।

    देजमोका राजु भुजेलको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवलमा प्रदर्शनपछि वीपी चोकमा सभाको आयोजना गरिएको हो ।
    मंगलबार बुटवलसहित देशभर एमसीसी सम्झौताको विरुद्व विरोध प्रदर्शन गरिएको छ ।

    मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव
    मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल
    जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै
    संघीयताको औचित्यमाथि फेरि प्रश्न
    विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति
    गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ५.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ६.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    भर्खरै

    • १.
      सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

    • २.
      मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

    • ३.
      जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

    • ४.
      संघीयताको औचित्यमाथि फेरि प्रश्न

    • ५.
      गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    • ६.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    • ७.
      गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    • ८.
      रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.