खिमबहादुर विक (हैदराबाद) भारत ।
मिर्गौला रोगबाट पीडित एक नेपाली महिलालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला खराब भएकी सूर्यबहादुर पुनकी श्रीमती शुशिला पुनलाई समाजले मिर्गौला प्रत्यारोपणका लागि मद्दत गरेको हो ।
आर्थिक अभावले मिर्गौला प्रत्यारोपण गर्न नपाएपछि शुशिलाको परिवारले मूल प्रवाहसँग सहयोगको आग्रह गरेको थियो । त्यसपछि मूल प्रवाहका नेता कार्यकर्ताहरुले आर्थिक संकलन गरी पाँच लाख ३२ हजार ७६४ (भारु तीन लाख ३२ हजार ९७८) रुपैयाँ पीडितका परिवारलाई हस्तान्तरण गरेको हो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिती को पहलमा संकलित सो रकम केन्द्रीय सचिव प्रेम पौडेल, वैकल्पिक केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय सचिव खिमबहादुर विक, क्षेत्रीय सदस्य रतन सिंह, वैकल्पिक केन्द्रीय सदस्य फूलबिना पौडेल, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, मध्य दक्षिण क्षेत्रीय सहसचिव भिमबहादुर थापा, मध्य दक्षिण क्षेत्रीय कोषाध्यक्ष तिलक राना र क्षेत्रीय महिला विभाग कोषाध्यक्ष गुमा रानाको उपस्थितमा हस्तान्तरण गरिएको थियो ।
विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना संक्रमणको विषम परिस्थितिमा पनि शुशिला पुनको उपचारका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले धन्यवाद दिएको छ ।