• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

भारत–अमेरिका व्यापार सम्झौता हुँदै

ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ४. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ५. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ८. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

  • ९. बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)

  • १०. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

मध्ययुगीन पाण्डुलिपि पढ्न सघाउन सक्छ एआईले


  •   बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
  • टोकियो । गणितदेखि कम्प्युटर प्रोग्रामिङसम्म एआईले मानिसको क्षमता उछिनिरहेको अवस्थामा यसले रोजगारीको स्वरूप बदल्ने वा केही काम विस्थापित गर्ने चिन्ता पनि बढेको छ तर इतिहासको अध्ययनमा भने यसले नयाँ सम्भावना खोलेको छ । पुराना कागजातका सङ्केत खुलाउनेदेखि लाखौँ मध्ययुगीन पाण्डुलिपि विश्लेषण गर्ने र प्राचीन ग्रन्थ पढ्ने काममा एआई उपयोगी बनेको छ ।

    Advertisement

    दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ । यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी सङ्केतविद्या मात्र सीमित नरहेको देखाएको छ ।

    सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पङ्क्ति थिए । अनलाइन शैक्षिक अभिलेखमा लामो समयदेखि बेवास्तामा परेको यो सन्देश अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेका हुन् ।
    २७ वर्षीय चर्चले च्याटजिपिटी निर्माता ओपनएआईको पछिल्लो मोडेल प्रयोग गरेर छ घण्टामै उक्त सङ्केत खुलाएको थियो । परम्परागत विधिबाट यस्तो काम गर्न हप्तौँ लाग्न सक्ने उनको भनाइ छ ।

    अमेरिकी साइबर सुरक्षा कम्पनी सेन्टिनेलवनमा कार्यरत चर्चले सङ्केत खोल्ने प्रविधि वा त्यस समयको इतिहासबारे आफूलाई धेरै जानकारी आवश्यक नपरेको बताए । केही साँझको प्रयासपछि उनले जापानी पेटेन्ट इन्जिनियर सातोसी टोमोकियोसँग परामर्श गरेका छन् । टोमोकियोले समाधान नभएका पुराना सङ्केतको अनलाइन सूची राख्दै आएका छन् ।

    चर्चका अनुसार एआईको प्रमुख विशेषता निरन्तर प्रयास गर्ने क्षमता हो । सन्देशको रहस्य खुलेपछि आफूले ठुलो सन्तुष्टि र उत्साह अनुभव गरेको उनले बताए ।

    टोमोकियोले आफ्नो वेबसाइट ‘क्रिप्टियाना’ मा सन् २०२६ लाई ऐतिहासिक सङ्केतको रहस्य खोल्ने काममा निर्णायक वर्षका रूपमा सम्झिइने उल्लेख गरे । उनका अनुसार सेप्टेम्बरको मध्यदेखि आफ्नो सूचीमा रहेका अधिकांश सङ्केत एआईको सहायताले समाधान भइसकेका छन् ।

    अनुसन्धानकर्ताले यसअघि नै पुराना सङ्केत खोल्न एआई मोडेल विकास गरिरहेका थिए तर शक्तिशाली सामान्य प्रयोजनका एआई उपकरण सार्वजनिक भएपछि समाधान भएका सङ्केतको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चर्चले ओपनएआईको जिपिटी–६ एस्ट्रा प्रयोग गरेका थिए भने अन्य अनुसन्धानकर्ताले अमेरिकी कम्पनी एन्थ्रोपिकका एआई उपकरण प्रयोग गरेका छन् ।

    टोमोकियोले कठिन सङ्केतमध्ये केही अझै रहस्यकै रूपमा रहने बताए । समाधानका लागि उपयोगी तथ्याङ्क कम भएका कारण ती सङ्केत खोल्न आगामी वर्षमा पनि चुनौती हुन सक्ने उनको भनाइ छ ।

    लामो समयदेखि अड्किएका समस्या समाधान भएकोमा आफू उत्साहित भए पनि एआईले ती समस्या सजिलै समाधान गरेको देख्दा मिश्रित भावना उत्पन्न भएको उनले बताए । एक सहकर्मी सङ्केतविद्ले त एआईका कारण आफूलाई बेकार महसुस भएको प्रतिक्रिया दिएको उनले सुनाए ।

    इटालीमा अनुसन्धानकर्ताहरूले सन् १९७९ मा भिसुभियस ज्वालामुखी विस्फोट हुँदा जलेर कार्बनमा परिणत भएका हर्कुलानियमका पपाइरस ग्रन्थ अध्ययन गर्न एक्सरे र एआई प्रयोग गरिरहेका छन् । क्षति हुने जोखिमका कारण हातले खोल्न नसकिने सयौँ ग्रन्थमध्ये एउटा ग्रन्थलाई पूर्ण रूपमा भर्चुअल विधिबाट खोलेको घोषणा अनुसन्धानकर्ताले जुनमा गरेका थिए । त्यसमा नैतिकतासम्बन्धी ग्रन्थ रहेको पुष्टि भएको थियो ।

    त्यसैगरी हिब्रु पाण्डुलिपिका एक करोड पृष्ठ प्रतिलिपि गरी यहुदी इतिहास र संस्कृतिका दुर्लभ स्रोत समेटिएको खोज्न मिल्ने विशाल अभिलेख तयार गर्न एआई प्रयोग भइरहेको छ । पेरिसस्थित इकोल प्राटिक दे ओत एतुदका परियोजना प्रमुख डेनियल स्टोक्ल बेन एज्राका अनुसार यति ठुलो परिमाणको तथ्याङ्क मानिसले एक्लै प्रशोधन गर्न सक्दैन ।

    डिजिटल अभिलेखबाट तयार हुने तथ्याङ्कको भण्डारलाई उनले विगतको विशाल फेसबुकसँग तुलना गरे । यसबाट इतिहासमा मानिस, स्थान र विचारबिच रहेका सम्बन्ध पत्ता लगाउन सकिने अनुसन्धानकर्ताको अपेक्षा छ ।

    फ्रान्सको राजधानी पेरिसस्थित नोट्रडाम गिर्जाघरमा पनि एआई प्रणालीलाई मध्ययुगीन अभिलेखका १४ हजार छ सय ल्याटिन पृष्ठ प्रतिलिपि गर्न प्रशिक्षित गरिएको छ । यस परियोजनाले पुराना सङ्केत खोल्ने कामजस्तै जटिल ऐतिहासिक अभिलेख अध्ययन गर्न सघाएको छ ।

    परियोजनाको नेतृत्व गरिरहेकी इतिहासकार जुली क्लाउस्ट्रेका अनुसार ती अभिलेख मध्ययुगीन नोटरीले निर्णयलाई छोटकरीमा लेखेका प्रशासनिक दस्तावेज हुन् । तिनमा प्राविधिक शब्दावली र जटिल लेखनशैली प्रयोग गरिएको छ ।

    एआई प्रणालीले अक्षर पहिचानमा ८८ देखि ९४ प्रतिशतसम्म सफलता हासिल गरेको छ । यसबाट गिर्जाघरको दैनिक जीवन, निर्माण कार्य, कर्मचारी र परित्यक्त बालबालिकाको हेरचाहसम्बन्धी जानकारी फेला परेको छ ।

    यस्ता अभिलेख हातैले प्रतिलिपि गर्न धेरै दशक लाग्ने क्लाउस्ट्रेले बताए । उनका अनुसार एआईको महत्त्व समय बचतमा मात्र सीमित छैन, यसले पहिले सम्भव नभएका प्रश्नमा अनुसन्धान गर्न सहयोग पुर्‍याउँदै इतिहास अध्ययन गर्ने तरिकामै परिवर्तन ल्याइरहेको छ । (रासस/एएफपी)

    बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा
    रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ
    नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:
    ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका
    चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू
    दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ४.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ५.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

    • २.
      रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

    • ३.
      नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

    • ४.
      क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

    • ५.
      भारत–अमेरिका व्यापार सम्झौता हुँदै

    • ६.
      ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    • ७.
      चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

    • ८.
      दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.